आन्दोलन प्रभावित कक्षाहरु फागुनमा पुरा गर्ने महासङ्घ मुसिकोटको निर्णय

विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट ,गुल्मी – शिक्षकहरुको आन्दोलनले प्रभावित बनेका २ दिन बराबरको पठनपाठन फागुनमा पुरा गरिने भएको छ ।

गत असोज ३ गतेदेखि ५ गतेसम्म भएको नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा प्रभावित बनेका २ दिनका पठनपाठन बराबरको कक्षा आउदो फागुन ७ गते र २८ गते अध्यापन गरेर पुरा गरिने नेपाल शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो ।

शुक्रबार महेन्द्र आदर्श नमुना माविमा बसेको नेपाल शिक्षक महासङ्घ मुसिकोट नगर समितिको बैठकले आन्दोलनका क्रममा प्रभावित बनेका २ दिनको पठनपाठनलाइ फागुनका २ वटा सार्वजनिक बिदाको दिन कक्षाहरु सन्चालन गरेर अध्यापन गरिने शर्माले बताउनुभयो ।

अहिले विद्यार्थी निरन्तर अध्ययन गरिरहेको र फागुनमा परीक्षा नजिक आएको अवस्था हुने भएकोले अहिले तत्काल भन्दा परीक्षा नजिकको समयमा प्रभावित कक्षाहरु सन्चालन गर्दा विद्यार्थीहरु बढि लाभान्वित हुन सक्ने देखिएको हुनाले फागुनमा अध्यापन पुरा गर्ने महासङ्घ नगर उपाध्यक्ष बोम बहादुर छन्तेलले बताउनुभयो ।

यस अघि नेपाल शिक्षक महासङ्घ राष्ट्रीय समितिले शिक्षा विधेयक २०८० मा शिक्षकको हित बिपरित विभिन्न विषयहरु समावेश गरेर सम्सदमा पेस गरेको भन्दै काठमाडौं केन्दृत सडक आन्दोलन गरेको थियो । सोहि आन्दोलनका क्रममा प्रभावित बनेका कक्षाहरुको पठनपाठन आगामी सार्वजनिक बिदाका दिन अध्यापन गरेर पुरा गर्ने निर्णय गरेको थियो ।

हामीहरु गुरुहरु हौ, हामी पिडामा परेकोले आफ्नो जिन्दगिको सवालको कारण र समग्र राज्यको शैक्षिक जगतको सवालका कारण आन्दोलनमा होमिनु परेको जनाउदै आफ्ना कारण साना नानीबाबुहरुको पढ्न पाउने अधिकारलाइ कत्ति पनि असर नपुराउने आफ्नो कर्तव्य भएकोले फागुनका २ वटा बिदाहरुलाइ पठनपाठनमा प्रयोग गरिने भएको महासङ्घ नगर सचिव बुद्दिमणि खरेलले बताउनुभयो ।

साथै अहिले विधेयक उपर सम्सदमा छलफल चलिरहेकोले आवश्यक परेमा महासङ्घ आन्दोलनको तयारी अवस्थामा रहेको समेत नगर सह सचिव कृष्णप्रसाद घिमिरेले बताउनुभयो ।

बैठकले आन्दोलन ऐतिहासिक , सभ्य, भद्र, मर्यादित रहेको तर सफल भने भैनसकेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय