नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको अधिवेशन शनिबार हुने

विष्णुप्रसाद आचार्य (चकित) गुल्मी – नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको अधिवेशन २० गते शनिबार हुने भएको छ ।

समितिको सातौ अधिवेशन काठमाडौं प्रदर्शनीमार्ग भृकुटिमण्डपको बाल्मिकी क्याम्पसमा हुने गरि तयारी थालिएको नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका उपसभापति कृष्ण प्रसाद खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गुल्मीबाट काठमाडौं गएर विभिन्न पेसा व्यवसाय गरी काठमाण्डौलाइ कर्मथलो बनाएका लोकतन्त्रप्रेमी , शुभेच्छुक सम्पुर्णलाइ उपस्थित भएर कार्यक्रम सभ्य र भव्य रुपमा सफल पार्नको लागि अनुरोध गरिएको खरेलले बताउनुभयो ।

कार्यक्रमको तयारी तीब्र पारिएको आयोजकले बताएको छ । कार्यक्रम २० गते शनिबार बिहानको १० बजेदेखि सुरु हुने बताइएको छ ।

समितिले गुल्मीबाट काठमाण्डौ गएर काम गर्ने क्रममा समस्यामा परेका सर्वसाधारण नागरिक, विद्यार्थी, विभिन्न रोगबाट ग्रसित, आर्थिक अभावका कारण समस्यामा परेका धेरै मानिसहरुलाइ सहयोग गर्दै आएको छ ।

त्यस्तै गुल्मी जिल्लामा वेलावखत आइपर्ने विपदमा पनि समितिले सहयोग गर्दै आइरहेको छ । कोरोना विपदका बेला र बाढीपहिरोको चपेटामा परेका दीनदुखिलाइ पनि समितिले यथासक्य सहयोग गर्दै आएको समितिका सभापति ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो ।

आफ्नो जिल्लाबाट काठमाडौं पुगेका जिल्लावासीहरुबिच समन्वय, सहयोग, सहकार्य गर्ने र विभिन्न रचनात्मक कार्य समितिले गर्दै आएको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय