मुसिकोट नगर स्तरीय भलिबल समुह निर्माणका लागि खेलाडी छनौट हुँदै

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिकाले नगरस्तरीय भलिबल समुह निर्माण गर्न थालेको छ । नगर खेलकुद विकास समितिको असौज १० गते बसेको बैठकको निणर्य बमोजिम नगरस्तरीय भलिबल समुह निर्माणका लागि खेलाडी छनौट गर्न लागिएको हो ।

नगर खेलकुद विकास समितिले खेलाडी छनौटका लागि आवेदन माग गरेको छ । नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्रीका अनुसार नगरपालिका अन्तर्गतका भलिबल खेलाडीहरुमध्येबाट उत्कृष्ट खेलाडी महिला पुरुष छनौट गरी नगरस्तरीय भलिबल समुह निर्माण गर्न लागिएको हो ।

ईच्छुक खेलाडीहरुले असौज २६ गतेसम्म नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन पेश गर्न सक्ने उहाँले बताउनुभयो । भलिबल खेलाडीहरु छनौट गर्नका लागि सोम दर्लामीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति समेत निर्माण गरिएको छ । जसको सदस्यहरुमा नविन छन्त्याल, राजेश रायमाझी, मदन पचभैया र विरबल गुरुङ रहनुभएको छ ।

खेलाडी छनौट कार्यक्रम असौज २९ र ३० गते ग्वादिकाचौरमा हुने बताईएको छ । छनौट भएका खेलाडीबाट नगरस्तरीय भलिबल समुह निर्माण गरिने र उक्त समुहले जिल्ला भलिबल संघले कार्तिक १७-१९ गतेसम्म तम्घासमा आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीता संगै अन्य विभिन्न प्रतिष्प्रधामा नगरपालिकाको तर्फबाट सहभागीता जनाई खेल खेल्ने खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय