ग्लोबल आइएमई बैंकको ६६ औँ एक्सटेन्सन काउन्टर इन्द्रेगौंडामा

गुल्मी । ग्लोबल आईएमई बैंकले गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौँणा बजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको यो ६६ औँ एक्सटेन्सन काउन्टर हो ।

उक्त एक्सटेन्सन काउन्टरको एक कार्यक्रमकाबीच मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवनले उद्घाटन गर्नुभएको हो ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको ग्लोबल आईएमई बैंक वामी शाखा प्रबन्धक बिष्णु कुँवरले जानकारी दिनुभयो ।

एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । उक्त ठाउँ लगायतका आसपासका स्थानीयलाई यस अगाडी बैंकिङ्ग सेवा लिन मजुवा वा वामीटक्सार जानुपर्ने बाध्यता रहेको थियो ।

सोही अवसरमा बैंकले सो ठाउँ वरपरका स्थानीयलाई लक्षित गरी डिजिटल बैंकिङ्ग र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, गुल्मी मुसिकोट उद्योग वाणिज्य संघ, होटल व्यवसायी मञ्च लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय