लियो क्लबले नि-शुल्क मधुमेह परीक्षण प्रयोगशाला सञ्चालन गर्दै

गुल्मी । लियो क्लब अफ गुल्मी सालिमेले नि-शुल्क मधुमेह परीक्षण प्रयोगशाला सञ्चालन गर्न लागेको छ ।

क्लबले आगामी शनिवार आश्विन १३ गते गुल्मीको मुसिकोट नगरपालिका वडा नं सातको निर्माणाधीन स्मार्ट पार्कमा नि-शुल्क मधुमेह (Diabetes/ Sugar) रोगको परीक्षण प्रयोगशाला सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो ।

क्लबले समुदायमा रहेका मधुमेह रोगका बिरामी पत्ता लगाई रोगबारे सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने उदेस्यले नि-शुल्क मधुमेह रोग परीक्षण प्रयोगशाला सञ्चालन गर्न लागेको र विशेष गरि मधुमेह रोग परीक्षण प्रयोगशालाको पहुँचमा नरहेका, आर्थिक अवस्था कमजोर भएका र वृद्धहरू विशेष प्राथमिकता रहेको क्लबका सचिव सुशान्त शाक्यले बताउनुभयो ।

मधुमेह रोगको परीक्षण खाना खानु अघि र खाना खाएपछि गरी दुई पटक हुने भएकाले परीक्षण गर्न आउँदा खालि पेट आउनु पर्ने र खानाको व्यवस्था बिरामी स्वयंले गर्नुपर्ने बताइएको छ ।

लियो क्लब अफ गुल्मी सालिमे मुसिकोट नगरपालिकामा स्थापना भएको छोटो समयमा चर्चामा आउन सफल एक संस्था हो । एक वर्ष पहिला गठन भएको यो क्लबले वामी बजरका विभिन्न ठाउँमा फोहोर फाल्ने डस्टबिन राख्ने, लोकेशन बोर्ड राख्ने, सडक दुर्घटना कम गर्न सडक ऐना राख्ने, आगलागी पीडितलाई राहत वितरण गर्ने, जडो मौसममा न्यानो लुगा वितरण अभियान सञ्चालन गर्ने, देउसी भैलो, रेकड डान्स, क्यारिकेचर प्रतियोगिता सञ्चालन गर्ने, वातावरणीय पर्यावरण स्वस्थ राख्न वृक्ष रोपन गर्ने जस्ता सामाजिक काम गर्दै आएको यस क्लबले यो पटक नि-शुल्क मधुमेह परीक्षण प्रयोगशाला सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय