नेकपामा किचलो बढेपछि कांग्रेसमा हजारौ नेता तथा कार्यकर्ता प्रवेश

 

नेपाली कांग्रेसको पक्षमा बढ्दै गएको जनलहरसंर्गै धनकुटा नगर क्षेत्रमा नेकपा र राप्रपा लगायत विभिन्न पार्टीहरु परित्याग गर्दै हजारौ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको आज आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रवेश गरेको धनकुटा कांग्रेसले जनाएको छ ।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई धनकुटा बजारमा आयोजित कार्यक्रममा आज पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले अव नेपाली कांग्रेसको जित सुनिश्चित भएको वताउनु भयो । नेपाली कांग्रेस का आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ परिर्वतनको शक्ति भएको वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, प्रदेश नम्वर १ सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्षेत्रिय सभापति जितेन्द्र राई, कांग्रेसका यूवा नेताहरु शान्ति खड्का, मिन वहादुर कार्की, भूपेन्द्र खड्काले कांग्रेस अव जनताको मन र मत जित्दै मुलुकै ठूलो र शक्तिशाली पार्टी हुने वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटा नगरका पूर्व सभापति गोविन्द्र वाग्लेले गर्नु भएको र कार्यक्रमको संचालन सचिव सिताराम न्यौपानेले गर्नु भएको थियो ।

नव प्रवेशीहरुको तर्फबाट राप्रपा धनकुटाका पूर्व जिल्ला सदसयहरु यज्ञ कार्की, मिन कार्की, मुना पोखरेल, भुपेन्द्र कटुवाल र शान्ति खड्काले कांग्रेसको विकल्प नभएकोले कांग्रेसमा प्रवेश गरेको वताउनु भयो ।

राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने १ हजार ३ सय २८ जनालाई नेपाली कांग्रेसमा स्वागत गर्दै समहमान्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल, प्रवेश नम्वर १ का सासद लिला सुब्बा, महासमिति सदस्य आनन्द सनतोषी राई, नेताहरु दिनेश राई, नगर सभापति रोशन श्रेष्ठ लगायतका नेताहरुले टिका अविर माला लगाई दिनु भएको थियो ।

धनकुटा जिल्ला पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा धनकुटाका जिल्ला कार्यसमितिका पूर्व सदस्यहरू भूपेन्द्र कटुवाल, शेर वहादुर शाही, शान्ति खड्का, कुमार खनाल, शिलु राई यज्ञ कार्की, लक्ष्मण तामाग, अर्जुन कार्की, किरण ठकुरी, राजकुमार राई, सचिन राई, कमल राई, प्रेम वहादुर राई ,बल बहादुर राई, निशा राई, टिका प्रसाद गुरगाई, कमल दलार्मी, शिव वहादुर भूजेल, दल वहादुर वस्नेत, लिला वहादुर वस्नेत, राम वहादुर घिमिरे, राजन राई, हिमा वाग्ले, गणेश घिमिरे, शुवास वाग्ले, रेनुका राई, नविन कार्की, गोकुल लाल श्रेष्ठ, नरेन्द्र कुमार श्रेष्ठ, गोविन्द्र प्रसाद मौनाली, विजय लिम्बु, खड्ग प्रसाद खतिवडा, राजेन्द्र श्रेष्ठ, निर्मला राई, लक्ष्मी परियार, शि प्रधान, किरण मास्के, धन वहादुर श्रेष्ठ, शालिग्राम पौडले, पवित्रा वस्नेत, बम वहादुर श्रेष्ठ, कल्पना दाहाल, केशव श्रेष्ठ, प्रेम वहादुर ढगोल, मुकेश मगर, जय वहादुर भुजेल, भनेन्द्र वस्नेत, किशोर भण्डारी, बालकृष्ण विष्ट, इश्वर वस्नेत, कुमार पाख्रिन, गणेश वहादुर थापा तिलक विक, नगेन्द्र पाण्डे, चक्र कार्की, पदम वहादुर कार्की लगायत १ हजार २ सय २३ जना र नेकपाबाट रचिन राई, बिनोद राई, जिवन राई सन्जीव राई, चक्र राई, प्रदिप राई,लरेणुका वस्नेत, मन कुमार राई चन्द्र राई, हर्कक राई अनिल राई राम वस्नेतल, लिला राज राई कुल वहादुर राई लगायत १ सय ५ जना गरी जम्मा १ हजार ३ सय २८ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनुभ भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय