बागलुङमा जनता समाजवादी पार्टीले ओलीको पुत्ला जलायो

बागलुङ : जनता समाजावादी पार्टी बागलुङले प्रधानमनत्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै त्यसको विरोध स्वरुप समाजवादी पार्टी बागलुङले लोकतन्त्र चोकमा प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।ओलीको प्रतिगामी भएको तत्काल सच्याउनुपर्ने उसका माग छ ।

पुत्ला दहनपछि बोल्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष चित्र सापकोटालेप्रधानमन्त्रीको असंवैधानिक कदमका कारण देश अन्यहिन राजनीतिक संकटतर्फ उन्मुख भएको बताए ।

‘जनमत प्राप्त संसद विघटन गरेर प्रधानमन्त्री ओलीले निरङ्कुशतालाई जन्म दिएका छन्,’ सापकोटाले भने,‘यो कदम तत्काल सच्याएर संसदको पुनस्थापना गर्न हामी माग गर्दछौं ।’

उनले संविधानमा संशोधन गर्नुपर्ने विषयहरु भएको आफ्नो पार्टीको संविधान संशोधनका विषयमा अडान रहे पनि अहिले प्रधानमन्त्रीको कमदले संविधान नै मान काम गरेको उनको भनाई छ ।संघियता, धर्मनिरपेक्षता र गणतन्त्र मास्ने योजना अनुसार यो कदम चालिएको उनले आरोप लगाए ।

कार्यक्रमको सञ्चालन जनता समाजवादी पार्टी प्रदेश समिति सदस्य कृष्ण सापकोटाले गरेका थिए ।समाजवादी पार्टीले संसद विघटनका विरोधमा बिहीबार मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ ।

प्रधानमन्त्रीको कदम घोर असंवैधानिक र प्रतिगमनकारी भएको भन्दै त्यसको विरोधमा सशक्त प्रतिवादमा उत्रन जनता समाजवादी पार्टीले आग्रह गरेको छ ।

पुत्ला दहन गर्दैै जनता समाजवादी पार्टीकार्यकर्ताले प्रधानमन्त्री विरद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय