मुसिकोटले गर्यो स्वास्थ्य क्षेत्रमा भएका कार्यहरुको वार्षिक समीक्षा,सेवा प्रबाहमा बडागाउँ स्वस्थ्य चौकी उत्कृष्ट

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भएका गतिबिधिहरुको बार्षिक समिक्षा सम्पन्न गरेको छ ।

पालिकाले मंगलबार मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसको सभाहलमा स्वास्थ्य शाखा प्रमुख डिबि जिसिको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि पालिकामा आ.ब.२०७९-८० मा स्वास्थ्य क्षेत्रमा भएका विभिन्न गतिबिधिहरुको समिक्षा गरिएको हो ।

उक्त कार्यक्रममा मुसिकोट नगरपलिक स्वास्थ्य शाखा सह-सम्योजक पुस्कर गौतमले समग्र नगरपालिकामा स्वस्थ्य क्षेत्रमा भएका गतिबिधिहरु सहितको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो । सात वटा सवस्थ्य चौकी, दुई वटा आधारभुत स्वथ्य चौकी, दुई वटा सामुदायिक स्वस्थ्य ईकाई र तीन वटा सहरी स्वस्थ्य केन्द्र गरि नगरपालिकामा १४ वटा स्वास्थ्य सस्थाबाट सेवा प्रवाह भईरहेको र चार वटा एम्बुलेन्स संचालनमा रहेको गौतमले बाताउनुभयो ।

पालिकामा हाल वामीटक्सार स्वास्थ्य चौकी, बडागाउँ स्वास्थ्यचौकी र कुर्घा स्वास्थ्य चौकी गरि तीन वटा स्वास्थ्य चौकिमा प्रयोगशाला संचालन र वामी टक्सार स्वास्थ्य चौकिमा गर्भवती महिलाको भिडियो एक्सरे सेवा संचालनमा रहेको गौतमले बताउनुभयो । सोही कार्यक्रममा नौ वटै वडाका प्रमुख स्वास्थ्य सस्थाले आ-आफ्नो वडाको स्वास्थ्य अवस्थाबारे प्रगतिबिबरण पेश गर्नुभएको थियो ।

नगरपालिकामा रहेका नौ वटा मध्य मुसिकोट नगरपालिका वडा नम्बर तिनमा रहेको बडागाउँ स्वास्थ्य चौकी सेवा प्रबाहमा उत्कृष्ट बन्न सफल भएको छ । बडागाउँ स्वास्थ्य चौकीले नगरपालिकाले तोकेका सुचक मध्य अधिकतम सुचक पूरा गर्दै नगरमै उत्कृष्ट बन्न सफल भएको हो ।

कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा प्रमुख डिबि जिसिले स्थानिय सरकार आउनु अघि डोकामा औषधि बोकेर हिड्ने अबस्था थियो अहिले स्थानिय सरकार आईसकेपछि धेरै सुबिधा अएको र अहिले नगरपालिकामा नौ वटा वडामा प्रभाबकारी रुपमा सेवा प्रवाह भाइरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका सामजिक बिकास समिति सम्योजक तथा वडानम्बर ५ का वडा अध्यक्ष ऋशिश्वर अर्याल्ले स्वास्थ्य सस्थालाई ब्यबस्थित गर्नका लागि सामजिक विकास समितिले सक्दो प्रयास गरिरहेको र स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मिको बोलिमात्र पनिबिरामीको लागि औषधि हुने बताउनुभयो ।

त्यस्तै वडाहरुको तर्फबाट बोल्दै मुसिकोट नगरपालिका वडानम्बर तिनका वडा अध्यक्ष शङ्कर रायामाझीले सबै वडाको स्वास्थ्य अवस्था अत्यन्त प्रशम्शनिय रहेको र आगामी दिनमा अझ राम्रो गर्न शुभकामना दिनुभयो । तथ्यांक अधिकृत मदन पाल मुसिकोट नगरपालिकाका जनप्रतिनिधि स्वस्थ्यकर्मी, कर्मचारि, पत्रकार लगायतको उपस्थिती रहेको उक्त कार्यक्रमको सहजीकरण नगरपालिकाका स्वास्थ्य शाखा सहसम्योजक पुष्कर गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय