मुसिकोटको एक विद्यालयमा चट्याङ लाग्दा आठ जना विद्यार्थी घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ६ को एक विद्यालयमा चट्याङ लाग्दा आठ जना विद्यार्थी घाइते भएका छन् ।

मुसिकाोट नगरपालिका-६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयका विद्यार्थी चट्याङ लाग्दा घाइते भएका हुन् । चट्याङ साोमबार दिउँसो तीन बजेर पाँच मिनेट जाँदा लागेको थियो ।

कक्षामा सरले पढाईरहेकै बेला एक्कासी चट्याङ लाग्दा आठ जना बिद्यार्थीको शरिरका बिभिन्न ठाँउ जलेको छ । घाइते मध्ये चार जना विद्यार्थीलाई पाल्पा मिसनमा थप उपचारको लागि पठाइएको र चार जनाको अबस्था सामान्य भएकाले घर पठाइएको मुसिकोट नगरपालिका ६ का वडा अध्यक्ष खड्क बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय