मुसिकोट युवा क्लवले वडास्तरीय समिति गठन गर्दै,वडानम्बर ३ मा सम्पन्न,४ र ८ मा शुक्रबार हुने

मुसिकोट गुल्मी – मुसिकोट युवा क्लवले वडास्तरीय समिति निर्माण सुरु गरेको छ,जसको लागि गत साउन २७ गते बसेको नगरस्तरीय बैठकले वडास्तरीय समिति गठन गर्ने र त्यसको लागि वडा प्रतिनिधि समेत तोक्ने निर्णय गरि जिम्मेवारीसमेत तोकेको थियो ।

सोहि क्रममा बिहिबार मुसिकोट ३ बडागाउमा उपस्थित सरोकारवालाको उपस्थितिमा वडा समिति गठन गरिएको छ। जसको अध्यक्षमा ज्ञानहरी घिमिरे,उपाध्यक्ष प्रताप थापा,महिला उपाध्यक्ष सिमा घिमिरे,सचिव रविन पाण्डे,सहसचिव मधु सुनार,कोषाध्यक्ष विष्णु बहादुर कार्की,सहकोषाध्यक्ष गणेश सिंह र थम्मन बहादुर घिमिरेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकारसमितिसमेत गठन गरिएको क्लवका नगर अध्यक्ष वसन्त अधिकारीले जानकारी दिनुभएको छ।

त्यस्तै वडानम्बर ४ वडागाउ र वडानम्बर ८ वामीमैदानमा शुक्रबार गठन हुने क्लवका वरिष्ठ उपाध्यक्ष अनुप पाण्डे(खिमलाल) ले जानकारी दिनुभयो। शुक्रबार गठन गर्नको लागि सम्बद्द सबैलाई सार्वजनिक रुपमा सुचना गरिएको क्लवका वडानम्बर ८ संयोजक तथा सदस्य कमल बरालले बताउनुभयो। छिट्टै सबै वडाहरुमा गठन गरेर क्लवको नगर अधिवेसन गर्ने तयारीमा क्लव जुटेको छ।

बिहिबार गठित वडानम्बर ३ को वडा समितिले आउदो भाद्र २६ गते हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा तीज गीत प्रतियोगिता आयोजना गर्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय