गुल्मी अस्पतालको लापरवाहीले एकजना बिरामीको मृत्यु भएको छ । अर्घाखाँची छत्रदेव गाउँपालिका ७ काउले निवासी राजेश मरासिनीकी छोरी सात वर्षिया प्रशंसा मरासिनीको आज बिहान ७ बजेर ४५ बजे मृत्युु भएको हो ।
मृतकका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई हिजो बिहान ११ बजे गुल्मी अस्पताल लगिएको थियो । सामान्य पेट दुखेर अस्पताल लगिएकी प्रशंसाले दिउँसो वान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बिरामी निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउँदाबित्तिकै उनि बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेका थिए । तर नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै प्रशंसाको ज्यान गएको पन्थीले बताउनुभयो ।
घटनाका प्रत्यक्षदर्शीसमेत रहेका धुर्कोट ३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लापरवाहीले एक बालिकाको मृत्यु भएको बताउनुभयो । आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बिरामी प्रशंसा हिजो साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएको बताउनुभयो । अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।
अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताउनुभयो ।