काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने बताइएको छ ।

यसअघि प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको छ र माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ।
बैठकमा ९० जनाभन्दा धेरै सांसदको सहभागिता रहेको दाबी गरिएको छ तर कतिजनाको हस्ताक्षर छ भन्ने यकिन भइसकेको छैन ।