मुसिकोटमा आर्थिक अनियमितता भएको भन्दै काङ्ग्रेसद्वारा प्रेस विज्ञप्ती जारी

मुसिकोट । नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिले गुल्मीको मुसिकोट नगरपालिकामा शिक्षा, विपद व्यबस्थापन तथा सार्वजनिक खरिदमा आर्थिक अनियमितता भएको व्यापक जनगुनासो आएको कुरा उल्लेख गर्दै आईतबार एक प्रेस विज्ञप्ती सार्बजनिक गरेको छ ।

मुसिकोट कांग्रेसले मुसिकोट नगरपालिकाका शिक्षा, विपद व्यबस्थापन तथा सार्वजनिक खरिदका बिषयमा आर्थिक अनियमितता भइरहेको व्यापक जनगुनासो आइरहेको परिप्रेक्ष्यमा विपद व्यबस्थापन कोषको रकम दुरुपयोग भएको घटनाले आम नागरिकको ध्यानाकर्षण भएको कुरा उल्लेख गरिएको छ ।

सिङ्गो देश नै भ्रष्टाचार बिरोधी अभियानमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा मुसिकोट नगरपालिकामा सुशासन, समानता र न्यायको पक्षमा दृढतापुर्वक अघि बढ्न आम जनसमुदायलाई अनुरोध गर्दै पछिल्लो पटक मुसिकोट नगरपालिकाले विपद व्यबस्थापन कोषको रकम बितरणको सुची सार्वजनिक भए पछि नेपाली कांग्रेसका नगर सभापती लगायतका जिम्मेवार व्यक्तिहरुको विरुद्द अश्लिल र अमर्यादित अभिव्यक्ति प्रति नेपाली कांग्रेसले सूक्ष्म निगरानी गरिरहेको र सम्पुर्ण नगरबासीहरुमा त्यस्ता दुराशयपुर्ण भनाई र अभिव्यक्तिबाट बिचलित नहुन अपिल गरेको कांग्रेस मुसिकोटले प्रेस विज्ञप्ती मार्फत बताएको छ ।

स्वस्थ आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो तर कुनै व्यक्ति बिशेषको चरित्र हत्या गर्ने हेतुले नियोजित रुपमा आएका अमर्यादित भनाईहरु कानुनको दृष्टिमा समेत क्षम्य नहुने समेत विज्ञप्ती मार्फत स्पष्ट पार्दै मुसिकोट
नगरपालिकाका तमाम क्षेत्रमा भइरहेको आर्थिक अनियमितताका सबै खाले घटनाहरु क्रमिक रुपले खुल्दै जाने बताईएको छ ।

मुसिकोट नगरपालिकाको मुख्य राजनितिक नेतृत्वलाई आफ्ना गल्तीहरु सच्चाई बेलैमा शुसाशनको पक्षमा काम गर्न र आम जनताको चाहना बमोजिम भ्रष्टचार र आर्थिक
अनियमितताको बिरुद्ध कडा कदम चाल्न नेपाली कांग्रेस बाध्य हुने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय