माल्टामा रहेका नेपालीद्वारा मृगौला पीडितलाई सहयोग

रेशम कुवर, गुल्मी – युरोपेली देश माल्टामा बसोबास गर्ने नेपालीबाट मृगौला पीडितका लागि संकलन भएको रकम रेसुङ्गा नगरपालिका ८ निवासी ३३ बर्षिय हिरा ढेगा काउछा मगरलाई हस्तान्तरण गरिएको छ।

रोजगारीको सिलसिलामा दुई बर्षदेखि र पाँच बर्ष देखि माल्टामा बस्दै आएका मिलन राना र रेम्स खनालको नेतृत्वमा २४ जना नेपालीबाट संकलन भएको सहयोग रकम एक लाख दश हजार रुपैयाँ रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पीडितको घरमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पीडितको सहयोगका लागि रोजगारीको सिलसिलामा माल्टामा रहनुभएका सबै सहयोगी प्रति धन्यवाद दिदै रेसुङ्गा नगरपालिकाबाट पनि मापदण्ड अनुसार अधिकतम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

नगर प्रमुख पन्थीले रेसुङ्गा नगरपालिकाले मृगौला बिरामीको सहज डायलाशिसका लागि मेसिन खरिद गरि गुल्मी अस्पताललाई हस्तान्तरण गरिसकेको र यथासिघ्र संचालनका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सहयोग संकलन अभियानका संयोजनकर्ता मिलन रानाका अनुसार रेसुङ्गा नगरपालिका घर भइ माल्टामा रहनुभएका रेम्स खनालले मृगौला पीडित हिरा ढेगा काउछा मगरको उपचारका लागि ४० हजार रुपैया र अरु २३ जनाबाट ७० हजार संकलन गरिएको थियो ।

रोजगारीका साथै माल्टामा रहेका नेपालीलाई पर्ने हरेक समस्याको समाधानका लागि सक्रिय सामाजिक अभियान्ता रेम्स खनाल एनआरएन माल्टाका अध्यक्ष पदका उम्मेदवार पनि हुनुहुन्छ ।

मृगौला पीडित हिरा ढेगा काउछा मगरकी बहिनी सुस्मिता ढेगा मगरले दिदिको उपचारका लागि परिवार र सहयोगी दाताबाट हालसम्म प्राप्त १४ लाख रकम खर्च भैसकेकोले थप सहयोगका लागि सबै सहयोगीसंग आग्रह गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका सदस्य शेर बहादुर बि।क।,रेसुङ्गा नगरपालिका २ का वडा अध्यक्ष हिरा बहादुर थापा,८ का वडा अध्यक्ष निरन्जन काउछा, वडा सदस्यहरु लगायतको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय