शैक्षिक सुधारको लागि छापहिलेमा विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षण

सुमन महतारा, गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षण कार्यक्रमकाे शुभारम्भ गरेको छ ।

बिद्यार्थीकाे पहिलो शिक्षक घर, आमाबुबा भएको र बिद्यार्थीलाई पढ्ने बाताबरण सिर्जना घर परिवारले गर्नुपर्ने जस्तो बिषयमा प्रशिक्षण प्रदान गर्नकाे लागि वडाले विद्यार्थी, शिक्षक र अभिभावक प्रशिक्षण कार्यक्रमकाे आयोजना गरिएको वडा अध्यक्ष रेखाकुमार जिसीले बताए । उनले आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य जस्ता बिषय भएकाले गाउँपालिकाले शिक्षा क्षेत्रकाे परिवर्तन र पछिल्लो समय सहर केन्द्रित शिक्षा भएको र गाउँमा पनि शिक्षा गुणस्तरीय बनाउनका लागि विद्यार्थीलाई पढ्ने कुरामा साथै परिवारलाई पढ्ने बाताबरण सिर्जना गर्ने कुरामा जानकारी गराउन यस्तो कार्यक्रमकाे आयोजना गरिएकाे बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष देविराम अर्यालले गाउँपालिका शैक्षिक क्षेत्रमा सुधारका लागि सधैं तत्पर रहेको बताएका छन् । उनले अहिले गाउँपालिकाले याे वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा मनाइरहेकाे जानकारी दिए । शुक्रबार वडा नम्बर ५ काे छापाहिले माध्यमिक विद्यालयमा तिन सय विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षण दिइएको हाे ।

प्रशिक्षण कार्यक्रममा शैक्षिक व्यक्तित्व शेरबहादुर केसी, बिष्णुकुमारी सापकोटा, कृष्णप्रसाद भण्डारी, कबिता बिक र निता आचार्य रहेका छन् । शुक्रबार छापहिले माध्यमिक विद्यालयमा प्रशिक्षण दिएका उनीहरुले शनिबार जमलपाेखरा माध्यमिक विद्यालयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षण कार्यक्रममा वडाका साविक ५,६,७,८ र ९ वडाका अभिभावकलाई प्रशिक्षण प्रदान गरिएको हाे । कार्यक्रम शनिबार वडाको जमलपाेखरा माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ। कार्यक्रमकाे सहजीकरण जनाधार मिडियाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय