उर्लेनीका बिधार्थीहरू लाई शैक्षिक सामाग्री बितरण

मुसिकोट नगरपालिका वडानं ९ उर्लेनीमा रहेको देऊराली आधारभुत बिधालयका सम्पुर्ण बिधार्थीहरू लाई शैक्षिक सामाग्री बितरण गरिएको छ।वामीटक्सार बसपार्कमा रहेको दरबार होटलका संचालक अनुप पाण्डे तथा बिपना पाण्डे की सुपुत्री तथा ब्यबस्थापक डिलाराम खरेलकी नातिनी आयुष्मा पाण्डे को जन्मदिनको अवसरमा स्मरण गरिएको शैक्षिक सामाग्री ददल्का उर्लेनीमा अवस्थित देऊराली प्रा वि का बिधार्थीहरू लाई बितरण गरिएको हो।

गणतन्त्र दिवशको अवसरमा नगरपालिकाको दुर्गम स्थानको बिधालयमा एक बिशेष कार्यक्रम आयोजनागरी शैक्षिक सामाग्री बितरण गरिएको हो।सानै उमेर देखिनै सेवामुलक कार्यगर्न रूचाऊने स्वभाव भएका अनुप ले बिभिन्न संघ संस्थाहरू लाई सक्दो सहयोग गर्दै आऊनुभएको छ।यस पटक पनि आफ्नो छोरीको जन्मदिनको अवसरमा गरिने अन्य बिबिध खर्चहरू कटौतीगरी शिक्षा क्षेत्रमा सहयोग पुर्याऊने कार्यको यस क्षेत्रमा प्रसंसा गरिएको छ।

कुनै मानिस बिरामी भयो,दुखमा पर्यो,संघ संस्था लाई सहयोग आवश्यक पर्यो,त्यो समस्या हल गर्न मुसिकोट नगरपालिकाका मान्छेहरूले संझिने नामहो अनुप पाण्डे।

पाण्डे सफल होटल ब्यबसायि भएको कारणले मात्र उहाँ महान हुनुभएको होइन,उहाँमा भएका अद्भुत क्षमता,परोपकारी स्वभाव,नम्रता र भद्रतायुक्त बानीका कारणले नै सबैले संझिन लायक हुनुभएको हो। पाण्डेको यहि बिशेषता बुझेर रामकृष्ण कंडेलले उर्लेनीमा शैक्षिक सामाग्री बितरण गर्न आग्रह गर्नुभयो,पाण्डे ले सहमति जनाईहाल्नुभो।

शैक्षिक सामाग्री हस्तान्त्रण कार्यक्रममा नवखवर डट कमका सम्पादक विष्णु आचार्य चकितले दुरगमबस्तिमा गणतन्त्र दिवशको अवसरमा शैक्षिक सामाग्री हस्तान्त्रणहुनु निकै प्रसंसनिय कार्यहो भन्दै पुन्यकार्य गर्नुभएकोमा सहयोगदाताहरू प्रति धन्यबाद ब्यक्तगर्नुभयो। मातृभुमीका निम्ति गम्भीर भएर दृढ अठोटका साथ अगाडि बढ्न जरूरीरहेको बताऊदै सहयोगदाता अनुप पाण्डे ले भन्नुभयोः मनमा शंका पालेर कसैले जित्दैन,मनमा बिश्वास भयो भने कोही हार्दैन।म हैन,हामी भन्न सकौँ-कोमल भावसहित दामी र नामी बन्न सकौँ !

कार्यक्रममा युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेलले दुर्गम बस्तीमा रहेका बिध्यालयमा अध्ययन गर्ने बिधार्थीहरूका लागि शैक्षिक सामाग्री हस्तान्त्रण कार्य निकै राम्रो शुरूवातहो भन्दै यसप्रकारका कार्यक्रमहरू समय समयमा आयोजना गरिने जानकारीदिनु भयो।सेवानै धर्म हो भन्ने महान बिचार बाट प्रभाबित अनुप पाण्डे को परिवार लाई बिंशिष्ट अतिथि कंडेलले धन्यबाद दिदै उर्लेनीमा शैक्षिक सामाग्री बितरण गर्नको लागि आफुले गरेको आग्रह लाई स्विकार गर्नुभएकोमा दरबार होटल संचालकप्रति खुसी ब्यक्त गर्नुभयो।’प्रार्थना गर्ने ओठहरू वा नाराबाजी गर्ने जिब्राहरूभन्दा सेवा गर्ने हात बढी महत्त्वपूर्ण हुन्छन’ कंडेलको भनाई थियो।

कार्यक्रममा डिलाराम खरेलले आफुहरूले बिभिन्न समयमा यसप्रकारका कार्यहरू गर्दै आएको बताऊदै आगामीदिनमा पनि सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो। प्रधानाध्यापक बिष्णु परियारले आफ्नो बिधालयमा शैक्षिक सामाग्री बितरण कार्यक्रम आयोजनाहुनुले आफुहरूमा उत्साहा तथा खुसि थपिएको बताऊदै यसकार्यप्रति सम्बन्धित सबैमा आभार ब्यक्त गर्नुभयो।

बिधालयको तर्फ बाट प्रधानाध्यापक बिष्णु परियारले उपस्थित अतिथिहरू लाई स्वागत गर्नुभएको थियो साथै कार्यपालिका सदस्य तथा बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष नन्दबहादुर बि क को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय