लियो क्लव  अफ गुल्मी सालिमेको प्रथम साधारण सभा सम्पन्न, भुगोल सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

मुसिकोट । लियो क्लव अफ गुल्मी सालिमेको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

क्लवले सोमबार गणतन्त्र दिवसको अबसरमा मुसिकोट नगरपालिका वडा नम्वर ७ पल्टार जिप पार्कमा क्लवका अध्यक्ष पुजन सापकोटाको अध्यक्षतामा क्लवको प्रथम बार्षिक साधारण सभा तथा अन्तर बिद्यालय क्यारिकेचर र खुल्ला रेकर्ड डान्स प्रतियोगिता सम्पन्न गरेको हो।
सो अबसरमा सचिव झरना घिमिरेले क्लवले आजसम्म गरेका सामाजिक काम सहितको क्लवको प्रतिबेदन पेस गर्नूभयो भने कोषाध्यक्ष सुसान्त शाक्यले आर्थिक प्रतिबेदन पेस गर्नुभएको थियो ।

उहाँहरुले पेस गर्नूभएको बिबरण अनुसार क्लवले देउसी भैलो खेलेर पैसा संकलन गरि फोहोर ब्यबस्थापनका लागि वामी बजारका बिभिन्न ठाउमा डस्टबिन राख्ने, बिभिन्न ठाउँमा लोकेसन बोर्ड, सडक दुर्घटना कम गर्न सडक ऐना, जाडो समयमा न्यानो लुगा बितरण अभियान, आगलागि पिडितलाई राहत बितरण जस्ता सामाजिक काम गर्दै आएको बताईएको छ ।

त्यस्तै प्रथम बार्षिक साधारण सभाको अबसरमा आयोजित अन्तर बिद्यालय स्तरिय क्यारिकेचर प्रतियोगिता तर्फ श्री महेन्द्र आदर्श नमुना मावि प्रथम हुन सफल भएको छ । त्यस्तै रेकर्ड डान्स तर्फ त्रिभुवन माबि मुसिकोट ६ प्रथम , ताराखसे युवा क्लव मुसिकोट ८ द्वितिय र शारदा मावि मुसिकोट ८ तृतिय भएको छ ।

क्लवको सोमबार सम्पन्न साधारण सभबाट नयाँ कार्य समिति समेत निर्वचित भएको छ । जसको अध्यक्षमा भुगोल सापकोटा, उपाध्यक्षमा प्रतिमा बस्नेत, सचिवमा सुसान्त शाक्य , कोषाध्यक्षमा आदर्श बौद्दाचार्य लगायत रहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि DLLI GRADUATES, BACHELOR FROM LIONS UNIVERSITY CERTIFIED GUIDING LION CHARTERED TREASURER OF LIONS CLUB OF BUTWAL CENTRAL AND DISTRICT DEPUTY TREASURER OF DISTRICT 325 P, Nepal – लायन विष्णु कुँवरले लियो क्लव र लायन्स क्लवको स्थापना र महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले गुल्मी जिल्लामै पहिलो पटक वामीमा लियो क्लव स्थापना गरेर नमुना कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति गुल्मीकी सदस्य सावित्रा भण्डारी, मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा क्लवका वरिष्ठ चन्दादाता प्रकाश काफ्ले विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघंसंस्थाका प्रमुख एवम् प्रतिनिधि, लगायत स्थानीय र सुरक्षाकर्मी तथा पत्रकाहरुको  उपस्थिति रहेको थियो ।

क्लवकि सदस्य सुधा खरालको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन क्लवका जनसम्पर्क अधिकृत बिबेक काफ्लेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय