अग्लुङ्गले गर्‍यो,विभिन्न बिधामा सम्मान

अनिल खत्री, गुल्मी। गुल्मीको मदाने गा पा ०१ अग्लुङ्गले आज एक कार्यक्रमका बिच बुहारी सम्मान तथा SEE र कक्षा ०८ मा उत्कृष्ट स्थान ल्याउने बिद्यार्थीलाई सम्मान गरेको छ। पछिल्लो समयमा जेष्ठ नागरिक सेवा सुसार गर्ने क्रम घटिरहेको र जेष्ठ नागरिकहरु सेवा स्याहारसुसार बाट दुख पाईरहेकाे अबस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम गरेको हो ।

बुबाआमालाई जन्मघरमा छोडेर कर्मघर तराई अर्थात विभिन्न ठाउमा बसोबास गर्दै बसेका अग्लुङ्ग बासिलाई सम्मान गरिएको वडा अध्यक्ष सुशील चन्दले बताए । आफन्तले आफ्नो दायित्व बिर्सेको भन्दै आफ्ना लाई जस्तै माया,सद्भाव वडा कार्यलयको पनि जिम्मेवार रहेको भन्दै यो नौलो काम गरेको बताए ।

त्यस्तै प्रतिनिधिमुलक रुपमा केही असल बुहारीहरुलाई पनि सम्मान गरिएको हो । सबैलाई एकैचोटी गर्न वडाले नसके पनि यसपाली साविकका ९ वटा वडाबाट १/ १ जना बुहारीलाई सम्मानपत्र ,दाेसल्ला ,टीका र मालाले सम्मान गरेको वडा अध्यक्ष चन्दले बताए ।

साथै कार्यक्रममा शैक्षिकसत्र २०७९ मा SEE मा अग्लुङ्गमा सबैभन्दा धेरै अङ्क ल्याउने बिधार्थि अनमाेल चन्दलाई नगद रु १०,००० र कक्षा ८ मा सबैभन्दा धेरै अंङ्क ल्याउने गंगा बाेहाेरालाई नगर रु ५००० सम्मानपत्र र दाेसल्लाले सम्मान गरिएको छ ।

सोहि कार्यक्रममै उत्कृष्ट किसान ,समाजसेबि ब्यक्ति ,कर्मचारी, शिक्षक ,अनुसाशित बिद्यार्थी , खेलाडी, सामाजिक सघ सस्था लाई सम्मान गरिएको थियोे

अग्लुङ्गको हरेक क्षेत्र ,बिकास निर्माणलाई समय सङ्गै बदल्ने योजना रहेको र आउदो दिनमा अझै यस्ता प्रभावकारी काम गर्ने वडा अध्यक्ष सुशील चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय