जन्मभुमिमा सम्मान कार्यक्रम अन्तरगत मुसिकोट ७ का केसी दम्पतीलाई सम्मान

मुसिकोट । जन्मभुमिमा सम्मान कार्यक्रम अन्तरगत आज मुसिकोट सातका पदम केसी र श्रीमती शृष्टी केसीलाई सम्मान गरिएको छ ।

मुसिकोट नगरपालिकामा जन्म भई हाल बैदेशिक रोजगारीमा रहेर जन्मभुमिलाई सहयोग गरिरहेका ब्याक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम सुरु गरिएको दोश्रो चरणमा उहाहरुलाइ सम्मान गरिएको हो। ।

सोहि कार्यक्रम अन्तरगत शूक्रबार मुसिकोट नगरपालिका वडा नं ७ वामी बसपार्कमा रहेको दरबार होटलमा समाजसेबि व्याक्तित्व मुसिकोट नगरपालिका वडा नं ८ का पुर्व वडा अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ७ घर भई हाल जापानलाई कर्मभुमी बनाउनुभएका पदम केसी र उहाँकि श्रीमती शृष्टी केसीलाई सम्मान गरिएको बताईएको छ ।

सम्मानित ब्याक्ति केसी जापनमा रहेर आफ्नो जन्मभुमिलाई केही गर्नुपर्छ भन्ने सोचले वामी चाईल्ड केयर जापान संस्थाको स्थापना गरि वामीमा समय समयमा सहयोग गर्दै आउनु भएको छ ।

केसीले श्री महेन्द्र आदर्श नमुना माध्यमिक बिद्यालय मुसिकोट ७ वामी, लक्ष्मी नारायण प्राथमिक बिद्यालय मुसिकोट ७ वामीका साथै कोरोनामा माहामारिका समयमा समेत सहयोग गरी मुसिकोटलाई गुन लगाएको समाजसेवि युवा अनुप लाखेले बताउनुभयो।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मुसिकोट उद्योग बाणिज्य संघका अध्यक्ष गोपिकृष्ण खरेलले मुसिकोटमा जन्म भई हाल बिदेशलाई कर्मभुमि बनाएर जन्मभुमिमा सहयोगको भावना राख्ने सबैलाई यो कार्यक्रमले हौसला प्रदान गरेको बयाउनुभयो ।

मुसिकोट नगरपालिका वडा नं ७ का पुर्व वडा अध्यक्ष प्रकाश काफ्ले, ग्लोबलआई एम ई बैंकका शाखा प्रबन्धक बिष्णु कुवर, वामी प्रहरी चौकि इन्चार्ज लक्ष्ंमण बिक लागयत, बिभिन्न ब्यबसायी , शिक्षक, प्रत्रकार लगायतको बिशेष उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन समाजसेवि ब्याक्तित्व रामकृष्ण कंडेलले गर्नुभएको थियो ।

यस अघि सोहि कार्यक्रम अन्तरगत मुसिकोट नगरपालिका वामीमा घर भई हाल जापानलाई कर्मभुमी बनाउनूभएका बिष्णु सापकोटा, हरिप्रसाद खराल र होमनाथ सापकोटालाई सम्मान गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय