जनज्योति प्रा.वि सेरामा वि.व्य.स र शिक्षक अभिभावक सघं गठन

मुसिकोट । जनज्योति प्राथमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामी सेरामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सघंको पुर्नगठन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डिलाराम खरेलको अध्यक्षतामा बुधवार सम्पन्न अभिभावक भेलाले सालिकराम सापकोटाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र गोविन्द रानाको अध्यक्षतामा शिक्षक अभिभावक सघंको पुर्नगठन गरेको हो ।

नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा नन्दकला खराल, सुक बहादुर राना, कालिका राना, सान्ति राना, पुजा चालिसे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सुमित्रा भण्डारी लगायत चयन हुनुभएको छ ।
त्यस्तै शिक्षक अभिभावक सघंको सदस्यहरुमा बेगमाया राना, पुजा वि.क, डिलाराम खराल, जीवलाल खराल लगायत रहनुभएको छ ।

शिक्षिका पूर्णकला खरालको स्वागत मन्तव्य रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जनजागरण प्रा.वि.का प्रधानाध्यापक खगराज गिरी, सालिकराम सापकोटा, नन्दकला खराल, कर्ण बहादुर राना, शिक्षिका पवित्रा सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका पुजा भुषाल रिजालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय