प्रमुख प्रशासकीय अधिकृतको व्यवहार विरुद्द क्लवको विज्ञप्ति

मुसिकोट । मुसिकोट युवा क्लव मुसिकोट गुल्मीले क्लबका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष माथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुंवरले कार्यालय समयमा कार्यकक्षमै अभद्र व्यबहार गरेको कुरा उल्लेख गर्दै एक विज्ञप्ति सार्वजनिक गरेको छ ।

गत जेष्ठ ५ गते शुक्रवार क्लबका अध्यक्ष बसन्त बधिकारी र वरिष्ठ उपाध्यक्ष अनुप पाण्डे माथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुंवरले कार्यालय समयमा कार्यकक्षमै अभद्र व्यबहार गर्नुको साथै उहाँहरुको व्यक्तिगत जिबन र मुसिकोट युवा क्लबमाथि आघात पुग्ने कार्य गरेकोले छानविन गरि यथासिघ्र छलफल गर्नका लागि क्लवले विज्ञप्ति मार्फत सरोकार वाला समक्ष माग गरेको छ ।

सामाजिक काममा सक्रिय अध्यक्ष र वरिष्ठ उपाध्यक्षमाथि प्रशासकीय अधिकृतजस्तो जिम्मेवार पदमा बसेको ब्यक्तिले यो हर्कत देखाउनु अत्यन्तै निच र निन्दनिय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसप्रति समस्त क्लब परीवार र सबै मुसिकोटबासी युवाको तर्फबाट खेद प्रकट गर्दै यथासिघ्र सार्वजनिक माफीको लागि प्रशासकीय अधिकृतबाट क्लबका साथीहरु मात्र नभएर मुसिकोटमा केहि गर्नुपर्छ भनेर अगाडी बढिरहेका धेरै साथीहरु पिडित भएको विज्ञप्तिमा बताईएको छ ।

जसबाट युवा पुस्ता बिस्तारै मुसिकोट छोड्ने अवस्था सिर्जना भएको र यो क्लवको पहिलो चरणको अनुरोध मात्र हो यदि क्लवको मागलाई बेवास्ता गरेमा थप चरणबद्ध आन्दोलनका कार्यक्रमहरु मार्फत अगाडी बढ्ने चेतावनी समेत विज्ञप्तिमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय