पौदीअमराई गाउँ पञ्चायतका प्रधानपञ्च थापाको निधन, मुसिकोट एकमा आज शोक बिदा

मुसिकोट । हालको मुसिकोट नगरपालिका वडा नं. १ तत्कालिन पौदीअमराई गाउँ पञ्चायतका प्रधानपञ्च श्री हरि बहादुर थापाको निधन भएको छ ।

प्रधानपञ्च थपाको २०८० जेष्ठ ९ गते असामहिक निधन भएको मुसिकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष मोहन घिमिरेले जानकारि दिनुभयो ।

थापाको निधनले सिंगी वडा कार्यालय सँगै मुसिकोट नगरपालिका वडा नं. १ स्तब्ध भएकाले राष्ट्रिय रुपमै प्रचलित अभ्यास तथा परम्परा अनुसार गर्दै वडाले स्वर्गिय हरि बहादुर थाप प्रति शोक व्यक्त गर्न आज मिति २०८०/०२/१० गते १ दिनको लागि मुसिकोट नगरपालिका १ नं. वडा कार्यालय बन्द गर्ने निर्णय गरेको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय