मुसिकोटमा बालश्रम मुक्त स्थानिय तह सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बालश्रम मुक्त स्थानिय तह सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार मुसिकोट नगरपालिका वडा नं ७ मा रहेको रुद्रावति बहुमुखी क्याम्पसको सभाहलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव लोकनाथ भुसालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बालश्रम मुक्त पालिका घोषणा गर्न पुरा गर्नुपर्ने सुचक, पालिकाभित्र रहेका बालश्रमीकको अबस्था, बालश्रम निवारणका लागि पालिकाले खेलेको भुमिका लगयतको बिषयमा अन्तरक्रिय भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवलाल खरेल जिवनले थोरै पालिकामा संचालन हुने यो कार्यक्रमा मुसिकोटलाई समेट्नु भएकोमा आयोजकलाई धन्यबाद दिदै मुसिकोटमा बालश्रम मुक्त पालिका घोषणा गर्न न्युन सुचकहरु मात्र पुरा गरे हुने भएकाले यसमा नगरपालिकाले आगामी आर्थिक बर्षमा बजेटनै छुट्टाएर अगाडि बढ्ने बातउनुभयो।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकि उपसचिव मैयां कंडेलले बालश्रम भनेको के हो? बालश्रम निवारण किन ? लगायतका बिषयमा प्रकाश पार्नूभएको थियो ।

१४ बर्ष मुमिका बालबालिकालाई ब्याक्तिगत सरसफाई तथा स-साना बाल कामका अलवा जुन सुकै काम गराएमा त्यो बालश्रम हुने बताउनु भयो । १४ बर्ष देखी १८ बर्षसम्मकाको हकमा भने उनीहरुमा काम गर्ने चाहना भएमा श्रम तथा रोजगार मन्त्रालयबाट श्रम स्वुकृति लिई जोखिम पुर्ण काम बाहेक अन्य काम गराउन सकिने बताउनुभयो ।

कृषि तथा पशुपालन समन्थी काम, ईटा भट्टिको काम, लागु पदार्थ ओसार पसार समन्धी काम, भौतिक पुर्व आधार निर्माण सम्वन्धि काम लगायतका कामलाई जोखिमपुर्ण काम अन्तरगत पर्ने कुरा उपसचिव कंडेलले प्रस्ट पार्नुभयो ।

त्यस्तै शाखा अधिकृत कृष्ण न्यौपानेले अहिले ७५३ ओटै स्थानिय तह बालश्रम मुक्त घोषणा गर्ने गुरु योजना रहेको बताउनुभयो । पालिका भित्र रहेका बालश्रमिकहरुको अबस्था र समस्या पहिचान गरि बालश्रम मुक्त पालिका घोषणा गर्न अभियान ल्याएमा तिन लाख अनुदानको समेत व्यवस्था रहेको जानकारि गराउनुभयो।

त्यस्तै बालश्रम सम्वन्धि कुनै कुरा जानकारि लिन चाहेमा ११४१ मा फोन गरेर सोध्न सकिने समेत न्यौपानेले जानकारि गराउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सामुदायिक रेडियो पुष्पान्जलिका स्टेसन म्यानेजर प्रकाश घिमिरले आर्थिक अभावका कारणले १४ बर्ष मुनिका बाल बालिका होटल तथा रेस्टुरेन्ट मा काम गरेको आफुले देख्दै आएकाले यसको समाधानको लागि के गर्न सकिन्छ भन्ने जिज्ञासा राख्नु भयो ।

रेडियो सारथिका समचार प्रमुख अनिष पाठकले बालश्रम मुक्त गर्ने क्रममा स्थानिय तहहरुले सुचकहरु पुरा नै नभई गर्ने गरेको पाइएकाले संघले यसको अनुगमन गर्नु पर्ने बताउनुभयो। त्यस्तै स्वास्थ्य शाखा सह–संयोजक पुस्कर गौतमले मुसिकोट नगरपालिकामा ३२५ जना गर्भवती महिला स्वस्थ्य परिक्षण गर्दा ४९ जना २० बर्ष मुनिका रहेको बताउनु भयो ।

अन्तरक्रियाको क्रममा आएका जिज्ञासा राख्ने सबैलाई धन्यबाद दिदै शाखा अधिकृत न्यौपानेले बालश्रममा रहेका समस्या समधान गरि बालश्रम मुक्त पालिका बनाउन यस बिषयमा सुक्ष्म रुपले सर्वे गरि अगाडि बढ्न् मुसिकोट नगरपालिकालाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय