काँग्रेस मुसिकोटले गर्यो ५ बुदे प्रेस विज्ञप्ती सार्वजनिक, शिक्षा क्षेत्रमा राजनितिक हस्तक्षेप नगर्न अपिल

मुसिकोट । नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले मुसिकोट नगरपालिकाको शिक्ष क्षेत्रमा अनावश्यक राजनितिक हस्तक्षेप नगर्न माग गर्दे शनिबार ५ बुदे प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।

मुसिकोट नगरपालिका गुल्मीमा पछिल्लोपटक गठन गरिएको नगर शिक्षा समिति र शिक्षक छनौट समितिमा एकलौटि रुपमा एमाले निकट ब्यक्तिहरु नियुक्त गरि नगरपालिका भित्रको समग्र शैक्षिक क्षेत्रमा गम्भिर राजनितिक हस्तक्षेप गरिएकोप्रति नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शिक्षक कर्मचारी छनोटमा समितिले लिएको परिक्षा नै गम्भीर प्रश्न उठ्ने गरि प्राथमिक तहका शिक्षकहरु झिकाइ माध्यमिक तहका शिक्षकको परीक्षा लिने कामले शिक्षक कर्मचारी छनोट समितिको कार्यक्षेत्र माथि नै गम्भीर आशङ्का उत्पन्न भएको विज्ञप्तीमा लेखिएको छ ।

नेपाली कांग्रेसले शिक्षण क्षेत्रलाई राजनितिक हस्तक्षेप बिना स्वतन्त्र रुपमा सञ्चालन गर्न दिईनुपर्छ भन्ने मान्यता राख्ने विज्ञप्ती मार्फत भनेको छ ।

दलिय राजनितिमा सक्रिय भुमिका निर्बाह गरिरहेका ब्याक्तिलाई शिक्षा समिति र शिक्षक कर्मचारी छनोट समितिमा राख्ने निर्णय कार्यपालिकाले सच्चाउन नेपाली काँग्रेसले विज्ञप्तीमार्फत जोडदार माग गरेको छ ।

साथै उक्त सिमितिले २०८० बैशाख ५ गते लिएको शिक्षक कर्मचारी छनोट परीक्षा आफैमा बिबादमा परेकाले उक्त बिषयमा गम्भीर छानबिन गर्न र नियतपुर्ण रुपले गलत निर्णयमा सहभागि हुने ब्याक्तिउपर आवश्यक कार्बाही अगाडि बढाउन विज्ञप्तीमार्फत अपिल गरिएको छ ।

शिक्षा क्षेत्रलाई प्रदुषित पार्ने गरी बहुमतको भरमा गठन गरिएका समितिहरु अबिलम्व बिगठन गरि सहमतिको बिधिबाट अगाडि बढाउन र संयुक्त,स्वतन्त्र र निष्पक्ष गराउन नेपाली काँग्रेसले कार्यपालिकालाई विज्ञप्ती मार्फत सुझाव दिएको छ ।

शिक्षा क्षेत्रलाई अनावश्यक हस्तक्षेप गर्ने गरि एकलौटि तवरले अगाडि बढी अनियमितता गर्न खोजेमा नेपाली काँग्रेस मौन नबस्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय