मुसिकोट युवा क्लवको आयोजनामा मुसिकोटमा सम्पन्न बृहत रक्तदान कार्यक्रममा १११ जनाले गरे रक्तदान

मुसिकोट । मुसिकोट युवा क्लवको आयोजनामा मुसिकोटमा बृहत रक्तदान कार्यक्रम समपन्न भएको छ ।

क्लवको आयोजनामा शनिबार मुसिकोट नगरपालिका वडा नं ७ वामीमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा क्लवका अध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन् ।

रगत र रक्ततत्वको अभाव हुन नदिने उध्देश्यले मुसिकोट युवा क्लव मुसिकोट गुल्मीको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा संचालन कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगर प्रमुक तथा रक्तदान कार्यक्रमका प्रमुख अथिति जिबलाल खरेल जिवनले कार्यक्रमको सफलताको कामना गर्दै क्लवले मुसिकोटमा नमुना काम गरेकोमा धन्यबाद ब्यक्त गर्नुभयो ।

नगर उपप्रमुख गङ्गा श्रेष्ठ,जिल्ला समन्वय समिति सदस्य साबित्रा भण्डारी, नेपाल स्वयमसेवि रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रुपन्देहि अध्यक्ष कृष्ण चौहान लगायतले शुभकामना मन्तब्य राख्नुभएको औपचारिक कार्यक्रमको संचालन क्लवका महासचिव बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुले आफुहरुलाई रक्तदान गर्ने चाहाना भएपनि अबसर नपाएका र आज मुसिकोट युवा क्लवले रक्तदानको सुनौलो अबसर जुटाएकोले क्लवलाई धन्यबाद दिदै आगामि दिनमा अझ उत्कृष्ट कार्यक्रमहरु गर्न सुझाव र शुभकामना दिए ।

केहि समय अगाडि मुसिकोटमा औपचारिक रुपमा गठन भएको मुसिकोट युवा क्लवले यस अघि रुद्रावती बहुमुखी क्याम्पसमा प्रजनन् स्वस्थ्य र ट्राफिक सचेतनासमन्धी सचेतनामुल कार्यक्रम सञ्चालन गर्नुका साथै नव बर्ष २०८० सालको अबसरमा मुसिकोट नगरपालिकाका बिभिन्न महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल सङ्गै मुसिकोट नगरपालिकाका बिभिन्न संस्था र महत्वपुर्ण सम्पर्क नम्बर सहितको भित्ते पात्रो बिमोचन गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय