मुसिकोट युवा क्लवको आयोजनामा मुसिकोटमा भोलि संचालन हुने बृहत रक्तदान कार्यक्रमको तयारी पूरा

मुसिकोट । मुसिकोट युवा क्लवको आयोजनामा मुसिकोटमा संचालन हुने बृहत रक्तदान कार्यक्रम सम्पूर्ण तयारी पूरा भएको क्लवले बताएको छ ।

रगत र रक्ततत्वको अभाव हुन नदिने उध्देश्यले मुसिकोट युवा क्लव मुसिकोट गुल्मीको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा भोलि हुने बृहत रक्तदान कार्यक्रमको तयारी पुरा भएको क्लवका अध्ध्यक्ष वसन्त अधिकारीले जानकारी दिनुभयो

क्लबले दिएको जानकारी अनुसार रक्तदान कार्यक्रम मुसिकोट नगरपालिका वडा नं ७ वामीमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा भोलि बिहान ९ बजे देखी सुरु हुनेछ ।

उक्त रक्तदान कार्यक्रममा १८ बर्ष पुगेका स्वस्थ ब्यक्ती सहभागि हुन सकिने छ । क्लवका अनुसार रक्तदान कार्यक्रममा रक्तदान गर्ने ब्याक्तिलाई भोलिका दिनमा रगत आबश्यक परेमा क्लवले सहजिकरण गर्ने गरी नेपाल स्वयंदेवी रक्तदाता समाज सङ्ग सम्झौता भएको बताईएको छ ।

क्लवका अनुसार रक्तदान कार्यक्र्मका लागि क्लव सङ्ग सहकार्य गरेको संस्था नेपाल स्वयं सेवि रक्तदान समाजको टोलि मुसिकोट आइसकेको ब्ताइएको छ ।

केहि समय अगाडि मुसिकोटमा औपचारिक रुपमा गठन भएको मुसिकोट युवा क्लवले यस अघि रुद्रावती बहुमुखी क्याम्पसमा प्रजनन् स्वस्थ्य र ट्राफिक सचेतनासमन्धी सचेतनामुल कार्यक्रम सञ्चालन गर्नुका साथै नव बर्ष २०८० सालको अबसरमा मुसिकोट नगरपालिकाका बिभिन्न महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल सङ्गै मुसिकोट नगरपालिकाका बिभिन्न संस्था र महत्वपुर्ण सम्पर्क नम्बर सहितको भित्ते पात्रो बिमोचन गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय