मुसिकोटमा बृहत रक्तदान कार्यक्रम संचालन हुँदै

मुसिकोट । मुसिकोट युवा क्लवको आयोजनामा मुसिकोटमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको छ ।

रगत र रक्ततत्वको अभाव हुन नदिने उध्देश्यले मुसिकोट युवा क्लव मुसिकोट गुल्मीको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा आगामी शनिबार अर्थात जेठ ६ गते बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको क्लवले बताएको छ ।

क्लबले दिएको जानकारी अनुसार रक्तदान कार्यक्रम मुसिकोट नगरपालिका वडा नं ७ वामीमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा शनिबार बिहान ९ बजे देखी सुरु हुनेछ ।

उक्त रक्तदान कार्यक्रममा १८ बर्ष पुगेका स्वस्थ ब्यक्ती सहभागि हुन सकिने छ । क्लवका अनुसार रक्तदान कार्यक्रममा रक्तदान गर्ने ब्याक्तिलाई भोलिका दिनमा रगत आबश्यक परेमा क्लवले सहजिकरण गर्ने गरी नेपाल स्वयंदेवी रक्तदाता समाज सङ्ग सम्झौता भएको बताईएको छ ।

केहि समय अगाडि मुसिकोटमा औपचारिक रुपमा गठन भएको मुसिकोट युवा क्लवले यस अघि रुद्रावती बहुमुखी क्याम्पसमा प्रजनन् स्वस्थ्य र ट्राफिक सचेतनासमन्धी सचेतनामुल कार्यक्रम सञ्चालन गर्नुका साथै नव बर्ष २०८० सालको अबसरमा मुसिकोट नगरपालिकाका बिभिन्न महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल सङ्गै मुसिकोट नगरपालिकाका बिभिन्न संस्था र महत्वपुर्ण सम्पर्क नम्बर सहितको भित्ते पात्रो बिमोचन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय