मुसिकोटमा जन्म भुमिमा सम्मान कार्यक्रमको सुरु, ३ ब्याक्तित्वलाई सम्मान

मुसिकोट । मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीमा मंगलबार एक कार्यक्रमको आयोजना गरि मुसिकोटमा जन्म भई हाल बैदेशिक रोजगारिमा रहेर जन्मभुमिलाई सहयोग गरिरहेका बिभिन्न ३ ब्याक्तित्वहरुलाई सम्मान गरिएको छ ।

मंगलबार मुसिकोट नगरपालिका वडा नं ७ वामी बसपार्कमा रहेको सन्देश होटलमा समाजसेबि ब्याकतित्व मुसिकोट नगरपालिका वडा नं ८ का पुर्व वडा अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिका वामीमा घर भई हाल जापानलाई कर्मभुमी बनाउनूभएका बिष्णु सापकोटा, हारि प्रसाद खराल र होमनाथ सापकोटालाई सम्मान गरिएको छ ।

सम्मानित ब्याक्तित्वहरुले वामी सेवा समिति जापान, जनकल्यणकारि संस्था जापान, अर्लाङकोट सेवा समिति जापान जस्ता संस्थामार्फत सेवामुलक काम गरिरहनुभएको छ ।

उहाहरुले नेपाल रेडक्रस सोसाईटी वामी उपशाखालाई एम्बुलेन्स प्रदान गरेसङ्गै सुरु भएको अभियानले बिभिन्न ठाउँमा मोटरबाटो खन्ने, सामुदायिक बिद्यालयमा पुसतकालय स्थापना गर्ने, भुकम्पको समयमा राहत बितरण गर्ने जस्ता सामाजिक कार्य गर्दै आउनुभएको छ ।

जन्मभुमिमा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वामी सेवा समिति जापानका उपाध्यक्ष समेत रहनुभएका बिष्णु सापकोटाले मुसिकोट नगरपालिकालाई अबका दिनमा रोजगारमुलक क्षेत्रमा लगानी गर्ने वातावरण मिलाईदिन अनुरोध गर्नूभयो । त्यस्तै सापकोटाले वामीमा जग्गाको मुल्य चर्कोहुनु बसाईसाराईको मुख्य कारण भएको कुरा बताउनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका पुर्ब नगरप्रमुख तथा जन्म भुमिमा सम्मान कार्यक्रमका प्रमुख अतिथि सोमनाथ सापकोटाले बिरामिहरु डोकामा बोकेरा लैजानुपर्ने अबस्था अन्त्य भएकोले वामी सेवा समितिले दिएको एम्बुलेन्स हाल बिभिन्न कारणले बन्द भएपनी त्यसलाई छिट्टै पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता गर्दै अब विदेशमा रहनुभएका मुसिकोटवासिहरुमा एउटा अभियान नै चलाएर रकम संकलन गरी उत्पादनशिल क्षेत्रमा लगानि गर्न सके छोटो समयमा मुसिकोट नगरपालिकालाई सम्रिद्द नगरपालिका बनाउन सकिने बताउनुभयो ।

मुसिकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हरिहर सापकोटा , गोलोबल आई एम ई बैंकका शाखा प्रबन्धक बिष्णु कुवर, नेपाल रेडक्रस सोसाईटि वामी उपशाखाका अध्यक्ष भुवन केसी ,, महिला नेतृ सिता भुसाल, समाजसेबि ब्याक्तित्व डिलाराम खराल लागयत, बिभिन्न ब्यबसायी , शिक्षक, प्रत्रकार लगायतको बिशेष उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन समाजसेवि ब्याक्तित्व रामकृष्ण कंडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय