होटल व्यवसायी  काफ्लेद्वारा जन्मदिनको अबसरमा आफूले अध्ययन गरेको विद्यालयमा शौक्षिक सामाग्री बितरण

मुसिकोट । होटल ब्यबसायि युवा बिबेक काफ्लेले आइतबार परेको आफ्नो जन्मदिनको अबसरमा आफुले प्राथमिक तह अध्ययन गरेको बिद्यालयमा शौक्षिक सामाग्री बितरण गर्नुभएको छ ।

 

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीमा रहेको मदुस क्याफे एण्ड कलकका सञ्चालक बिबेक काफ्ले आफ्नो जन्मदिनको अबसरमा मुसिकोट नगरपालिका वडा नं ७ काफलटोलामा  रहेको भगवती प्राथमिक बिद्यालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई शौक्षिक सामाग्री बितरण गर्नुभएको हो ।

काफ्लेले जन्मदिनको दिनमा  अन्य फजुल खर्च गर्नु भन्दा बिद्यालयमा शौक्षिक सामाग्री बितरण गरी जन्मदिन मनाउने  निर्णय गरि बिद्यालमा शौक्षिक सामाग्रि बितरण गरि साना साना नानिबाबुहरुको मुहारमा खुसि छाउने काम गरेको बिद्यालयका प्रधानाध्यापक  तेज नारायण सापकोटाले धन्यबाद सङ्गै जन्मदिनको शुभकामना व्यक्त गर्दै अन्य युवाहरुलाई पनि यस्तै सामाजिक कार्यमा लाग्न अनुरोध गर्नुभयो  ।

त्यस्तै काफ्लेले शौक्षिक सामाग्रि बितरण गर्दै आफुले प्राथमिक तह   अध्ययन  गरेको बिद्यालयमा यसरी  शौक्षिक सामाग्रि   सहयोग गर्न पाउदा धेरै खुसि लागेको कुरा ब्यक्त गर्दै   विद्यालयलाइ आगामि दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभयो ।

सानै  उमेरबाट सामाजिक नेतृत्व गर्ने रुचि राख्ने काफ्ले अहिले होटल ब्यबसायि मंच मुसिकोटका अध्यक्ष,सामुदायिक रडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको को सञ्चालक समितिको कार्यबाहक अध्यक्ष,लियो क्लब  अफ गुल्मी सालिमेको जनसम्पर्क अधिकृत लगायतका जिम्मेवर पदमा रहेर सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय