आज पुनः कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय सदस्यले बोल्दा बोल्दै सकिएपछि आज पुनः बस्ने भएको छ ।केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने तयारी रहेको छ ।

मंगलबारदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएका थिए ।मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउँद लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय