बडिगाड गाउपालिकाद्वारा दोश्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बडिगाड गाउपालिकाद्वारा दोश्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार गाउपालिकाको ग्वालिचौर स्थित आफ्नै सभाहलमा भएको कार्यक्रममा सार्वजनिक सुनुवाइ सम्पन्न भएको बताइएको छ ।

बडिगाड गाउपालिकाको आर्थिक सहयोग तथा सर्वसिद्दि मिडिया प्रालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको बडिगाड गाउपालिका अध्यक्ष गण्डकि थापा अधिकारीले जानकारी दिनुभयो ।

बडिगाड गाउपालिकाले सम्पादन गरेका कार्यहरुप्रति आम नागरिकको चासो, चिन्तन, गुनासो र सुझाव सन्कलन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा नागरिकपक्ष तथा सेवाग्राहिबाट जिग्यासा, प्रश्न, सुझाव सङ्गै गुनासो गरिएको थियो भने गाउपालिका अध्यक्ष गण्डकि थापा अधिकारी , प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, उपाध्यक्ष भीमसेन वन तथा वडाध्यक्षहरुले प्रश्नको उत्तर दिनुभएको थियो

सार्वजनिक सुनुवाई कार्यक्रममा कमल पौडेल, बेद प्रसाद घिमिरे, कृष्ण बहादुर घिमिरे, जित बहादुर घर्ति, झग बहादुर जिसि लगाएतले मध्यपहाडि लोकमार्गको अवस्था, कृषकहरुको कृषि उपज उत्पादन तथा बिक्रि सुनिश्चितता, धार्मीक एवम सास्कृतिक सम्पदाको सम्रक्षणमा बिनियोजित बजेट तथा कार्यान्वयन को अवस्थाको बारेमा प्रश्न गरेका थिए ।

त्यस्तै सहभागिहरुले भुस्याहा कुकुरको व्यवस्थापन, बादर आतन्क नियन्त्रण , विद्यालय समायोजन, नया शिक्षक पदस्थापना, विद्युतिय पोल र नियमित विद्युत आपुर्तिको बारेमा जिग्यासा राख्दै प्रश्न गरेका थिए ।

कार्यक्रममा सार्वजनिक सवारीको दुरुपयोग तथा पुराना सवारीको व्यास्थापन, फोहोरमैला व्यस्थापन, डिपिआरको नाममा भ्रष्ट्राचार हुने गरेको भन्दै सचेत रहन सहभागिले आग्रह गरेका थिए ।

खानेपानीको उचित व्यवस्थापन , सरकारी अनुदानको दुरुपयोग सम्बन्धि गुनासो, अपाङ्गमैत्री कार्यक्रम लगायतको विषयमा सहभागिहरुले चिन्तन सङ्गै कमजोर नेटवर्कको बारेमा पनि प्रश्न उठेको थियो

उठेका प्रश्नहरुको उत्तर दिदै गाउपालिका अध्यक्ष, उपाध्यक्ष भीमसेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनाराण भण्डारी, वडाध्यक्ष विष्णुप्रसाद आचार्य लगायतले कतिपय प्रश्नहरु एकदमै स्तरीय भएको भन्दै आम नागरिकस्तरबाट आएका प्रश्नको उत्तर कामबाट दिन आफुहरुले चाहेको उहाहरुको भनाइ रहेको थियो ।

कतिपय योजना तथा कामहरु सम्पन्न भैसकेको, कतिपय निर्माणधिन अवस्थामा रहेको र कतिपय अनुसन्धानकै चरणमा रहेको बताइएको थियो ।

यस आर्थिक वर्षमा सम्झौता भएका ३५६ वटा योजना तथा कार्यक्रममध्ये २२५ वटा योजना तथा कार्यक्रमहरु फरफारकसमेत भएर पुर्ण रुपमा सम्पन्न भएका र ११२ वटा योजना तथा कार्यक्रक्रमको पेश्कि निकासा भएको प्रमुख प्रशाशकिय अधिकृत भण्डारीले जानकारी गराउनुभएको थियो ।

समग्रमा यस वर्षको ६३.२० प्रतिशत काम सम्पन्न भैसकेको तथ्यान्क कार्यक्रममा प्रश्तुत गरिएको थियो।

कार्यक्रममा सर्वसिद्धि मिडिया प्रालिका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले सार्वजनिक सुनुवाईले पार्ने प्रभावको बारेमा समिक्षा गर्नुभएको थियो। कार्यक्रम बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनको अध्यक्षता तथा पत्रकार राम प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय