मुसिकोट नगरपालिकामा राष्ट्रिय जनमोर्चाको दोस्रो नगर भेला सम्पन्न, अध्यक्षमा देब बहादुर रायमाझि

मुसिकोट । राष्ट्रिय जनमोर्चा मुसिकोट नगर कार्यसमितिको आयोजनामा दोस्रो नगर भेला तथा अधिबेसन सम्पन्न भएको छ ।

शनिबार मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी टक्सारमा रहेको पार्टि कार्यालयमा निबर्तमान नगर अध्यक्ष भानु खरेलको अध्यक्षतामा सम्पन्न नगर भेलाले देब बहादुर रायामाझीको अध्यक्षतामा ९ सदस्यिय नयाँ नगर कार्यसमिति सङ्गै ५ सदस्यिय सल्लाहकार समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा आत्मराम न्यौपाने, सचिबमा बाबुराम खरेल, सह-सचिबमा हरी प्रसाद घिमिरे, कोपाध्यक्षमा बिष्णु मती श्रेष्ठ, सदस्यमा महेन्द्र सिहं ठकुरी, केसर बहादुर बिक, लक्ष्मण पाण्डे र कमल सुनार रहनुभएको छ भने सल्लाहकार सदस्यतर्फ मोहनलाल श्रेष्ठ, बुद्ध कुमार सुनार, भानु खरेल, चेत बहादुर पेमी,  इस्वरी आचार्य रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सचिबालय सदस्य कमल प्रसाद अर्यालले देशको बर्तमान अबस्था हेर्दा देश र स्थानिय तहका लागि राष्ट्रिय जनमोर्चाको आवश्यकता  रहेकाले सबै सङ्गठित भएर लाग्न अनुरोध गर्दै नव निर्वाचित नगर कार्यसमितिलाई सफल कार्यकालको शुभकामाना दिनुभयो ।

त्यस्ते कार्यक्रमका बिशिष्ट अतिथि हरी प्रसाद न्यौपाने,जतिय समता जिल्ला सदस्य बुद्द बहादुर सुनार, जिल्ला सल्लाहकार समिति सदस्य मोहनलाल श्रेष्ठ, जिल्ला सदस्य देब बहादुर रायमाझी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सल्लाहकार सदस्य चेत बहादुर पेमीको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चाल सदस्य इस्वरी आचार्यले गर्नुभएको बाबुराम खरेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय