गुल्मीमा आगो निभाउने क्रममा जलेर एक बालकको ज्यान गयो

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा जलेर एक बालकको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन।
गएराती धुर्कोट गाउँपालिका-३ को बर्दबास सामुदायिक वनको आगो निभाउने क्रममा घम्भीर घाइते भएका दुई जना मध्ये सोही गाउँका १३ वर्षीय बालक दिपक मुखियाको उपचारका क्रममा आज बिहान ५.१० को समयमा पाल्पाको प्रभास अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठका अनुसार अर्का घम्भीर घाइते सोही स्थानका धन बहादुर कुवरको प्रभासमा उपचार हुन नसकी बुटवल पाठाइएकोमा त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाण्डौं रिफर गरिएको छ । घाइतेको पूरै शरीर जलेको छ भने डढेलोबाट दुई घर जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय