नेविसंघ स्थापना दिवस :गुल्मीमा पनि मनाइयो

गुल्मी । आज बैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना दिवस यहि दिवस आज देशभर मनाउने क्रममा गुल्मी पनि एक कार्यक्रमका बिच मनाइएको छ।

नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिती गुल्मीको आयोजनामा नेपाली कांग्रेसको पाटी कार्यालय बिपि स्मृति भवनमा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाइएको हो।

शुभकामना आदानप्रदान सङ्गै गत चैत ५ गते सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी संघ नेविसंघको तर्फबाट जिल्ला भरका क्याम्पसबाट निर्वाचित पदाधिकारीहरुलाइ सम्मान समेत गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै सभापति पन्थीले आजको नेविसंघका बिद्यार्थी नै भोलि देश हाक्ने कर्णधार रहेको बताए।
नेविसंघको तर्फबाट स्ववियुमा निर्वाचित पदाधिकारीलाई बधाइ दिदै आगामी दिनमा बिद्यार्थी हक हितको लागि अझै अगाडि बढन सभापति पन्थीले आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं पुर्व स्ववियु सभापति छन्द पहराइ,नेपाली कांग्रेस गुल्मीका उपसभापति अन्न्त पौडेल ,नेपाली कांग्रेस गुल्मीका सचीव भगत खडका,सहसचिव छवि पाण्डे ,धर्मराज पाण्डे लगायतको विशेष आतिथ्यता रहेको थियो।

जिल्ला स्थित नेता,महिला संघका पदाधिकारी ,बिद्यार्थी नेताहरु लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो।
नेपाल बिद्यार्थी संघ गुल्मीका सभापति झबिन्द्र पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सचीव सिजन रानाले गरेका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय