भरतपुर । देशको बजेट कहाँ खर्च भइरहेको छ ? कसरी खर्च भइरहेको छ ? चितवन देवघाटको यो चित्रले देशको विचित्र विकासलाई प्रस्ट देखाउँछ ।

जनताबाट संकलन गरिएको एक–एक रुपैयाँ राजस्वबाट चितवनमा सडक पिच गरिएको छ, जहाँ सडकको बीचमै ठाउँ–ठाउँमा सालका रूख ठिंग उभिएका छन् । सकड डिभिजन कार्यालय भरतपुरले चार किलोमिटर सडक मर्मत गर्न गत चैतमा नै ठेक्का दिएको थियो ।

जिएमआर नेपालले सडक मर्मतका लागि भ्याटसहित ७५ लाख २० हजार ६ सय ५२ रुपैयाँमा ठेक्का पाएको थियो ।

अघिल्लो वर्षको बजेटमा अहिले मंसिरमा मात्र हतार–हतार यसरी पिच गरिएको छ । मर्मत गरिएको सडकको पिच पनि कतै तीन मिटर, कतै पाँच मिटर छ ।

सडकको दायाँ–बायाँ छोड्नुपर्ने खाली जमिन पनि छैन । यो सडकबाट दिनमा दुई हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्छन् ।

धार्मिक स्थल देवघाट जाने आँपटारी–देवघाट सडक ९० वर्षदेखि सञ्चालनमा छ । तर, सडक अहिलेसम्म व्यवस्थित हुन सकेको छैन ।

मुग्लिन–नारायणगढ सडकबाट पश्चिम–उत्तरतर्फ वन क्षेत्र हुँदै देवघाट पुगिन्छ । तर, ठेक्काको पैसा पचाउन वातावणीय प्रभाव मूल्यांकन (इआइए)समेत नगरी सडक पिच गरिएको छ ।

सडक डिभिजन कार्यालयले बजेट ‘फ्रिज हुने भय’ देखेपछि इआइएविना नै हतारहतारमा सडक मर्मत गरिएको जनाएको छ ।

‘सडक मर्मत गर्नैपर्ने भयो, वातावरणीय प्रभाव मूल्यांकन गर्दा समय लाग्ने भयो, मूल्यांकन नभएसम्म रूख काट्न मिल्दैन । त्यसैले उपलब्ध ठाउँमा पिच गरिएको हो,’ सडक डिभिजन

भरतपुरका प्रमुख कृष्ण अधिकारीले नयाँ पत्रिकासँग भने । अहिले बजेट खर्च गरिएको सडकलाई फुटपाथसहित सात मिटरको बनाउन सर्भेसमेत भइरहेको कार्यालयले जनाएको छ ।

उता चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल भने प्रक्रिया मिलाएर ल्याएमा वनले विकासमा अवरोध नगर्ने बताउँछन् ।

‘वन पनि सरकारी कार्यालय हो, सरकारी कार्यालयले विकासमा अवरोध गर्दैन । तर, प्रक्रिया नपुगेसम्म अनुमति दिन मिल्दैन,’ उनले भने ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल सरकारी कार्यालयहरूबीच समन्वय नभएकाले समस्या आएको बताउँछन् । ‘भौतिक पूर्वाधार र वन मन्त्रालयबीच नै

समन्वय छैन । ५० रूख यसरी बीचबाटोमा पर्छन् । तर, छलफलबाट यसलाई टुंगो लगाऔँ भन्दा हाम्रो तर्क कसैले सुन्दैन,’ उनले भने, ‘जनताबाट उठाइएको राजस्वको यसरी दुरुपयोग भएको छ ।’

न्यूनतम मापदण्ड पूरा नगरी बनाइएकाले सडकबाट दुर्घटनासमेत बढी हुने डर बढेको छ । विगतमा समेत यस सडकमा रूखमा ठोक्किएर, हाँगा खसेर धेरै दुर्घटना भएका छन् ।

यो पनि पढनुहोस् ः तीव्र गतिमा काम भएको भए अचेल तुलसीपुर–लमही सडकखण्डमा निर्माणाधीन ४९ किमि चार लेनक सडकको काम अन्तिम चरणमा पुग्नुपर्ने हो ।

तर, उक्त सडक निर्माण सुरु भएको २४ महिना बितिसक्दा समेत अलपत्र छ । केही ठाउँमा मात्र कछुवा गतिमा काम भएको छ ।

०७५ पुस १३ गतेदेखि सुरु भएको सडकको काम ३० महिनामा सम्पन्न गर्ने निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

काम सक्न ६ महिना मात्रै बाँकी हुँदा काम भने ५ प्रतिशत मात्रै भएको सडक आयोजना कार्यालयका प्रमुख पारसमणि हमालको भनाइ छ ।

भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ कम्पनीले निर्माणको जिम्मा लिएको छ । तर, तथ्य इन्जिनियरिङ कम्पनी आफैँले भने काम गरेको छैन् ।

उसले उक्त ठेक्का पहिले दाङका जनक डाँगी, अनुप पाण्डे र जमिम रानालाई बेचेको थियो । उनीहरुले चार लेन सडक निर्माणका लागि केही खर्च रकम समेत लिएका थिए ।

तर, लिएको रकम बराबरको काम गर्न नसेकेपपिछि आयोजनाले धरौटी बापतको करिब तीन करोड रुपैँया जफत गरेको जनाएको छ ।

आयोजना प्रमुख हमालले भने,‘उनीहरुले जति काम गरेका थिए त्यती मात्रै भुक्तानी गर्‍ र्यौ । बाँकी रकम जफत गरेका छौँ ।’

हमालका अनुसार पहिले चार लेन सडककको काममा जनक, अनुप र जमिम पार्टनर थिए । तर, उनीहरुले काम गर्न नसकेपछि काम छाडेर भागेका थिए ।

निर्माण कम्पनीसँग सम्झौता गरेकाहरु काम छाडेर भागेपछि सडक निर्माण आयोजनाले निर्माण कम्पनीलाई कार्वाही गर्ने भन्दै पत्राचार गरेको र निर्माण कम्पनीले अहिले

अनुप पाण्डेलाई कामको जिम्मेवारी दिएको सडक आयोजना प्रमुख हमालले बताए । अनुप तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका छोरा हुन् ।

सडक आयोजना प्रमुख हमालका अनुसार अनुप अनुभवी ठेकेदार होइनन् । जसकाकारण उनलाई चार लेन सडकको काम गर्न गाह्रो भएको छ ।

अनुपले प्रत्येक दुई महिनामा लक्ष्य अनुसारको काम गर्नुपर्ने र त्यसो गर्न नसके कार्वाही गर्ने हमालले बताएका छन् । हमालका अनुसार ठेक्का एउटाले लिने र काम अर्कालाई दिँदा सडकको काम अलपत्र परेको हो ।

ठेकेदार अनुपका ईन्जिनियर दिवाकर पण्डितका अनुसार घोराहीको बबई खोलादेखि तुलसीपुरको हात्तीखौवा सम्मको ४९ किमिमध्ये पहिलो चरणमा बबईखोला–चौघेरा, सर्रा–नारायणपुर, नारायणपुर–दुधराससम्म दुई लेन बनाउने सम्झौता भएको थियो।

तर, सरकारले यी क्षेत्रमा चार लेन विस्तार गर्ने निर्णय ग¥यो । त्यही अनुसारको डिजाइन भने दिन नसक्दा सडकको कामले गति लिन नसकेको हो ।

डिजाइन मात्रै होइन आयोजनाले रकम समेत उपलब्ध गराउन नसक्दा सडक निर्माण अलपत्र परेको पण्डितको भनाई छ ।

चार लेन सडकका लागि १ करोड, २१ लाख ८२ हजार अमेरिकी डलरमा पहिलो सम्झौता भए पनि दोस्रो सरकारी डिजाइनमा

थपिएको काम बराबरको रकम नथप्दा पनि कम्पनीले काम गर्न नसकेको ठेकेदार पक्षको दावी छ । तोकिएको समयमा काम पुरा हुने सम्भावना टरेपछि सडक आयोजनाले ३ जनवरी २०२२ सम्म काम गर्ने समय थपिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय