काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता महेश बस्नेतले मृत्युतुल्य भइसकेको माओवादीलाई ओलीले उद्धार गरेको योगदान प्रचण्डले बिर्सेको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले मृत्युतुल्य भइसकेको तत्कालीन माओवादीलाई ओलीले उद्धार गरेको दाबी गरे । ‘माओवादी तहसनहस भइसकेको थियो ।
उसको जनमत छँदै थिएन । बढारिइसकेको थियो,’ बस्नेतले भने, ‘यस्तो अवस्थामा आईसीयू र कोमामा हालेर अक्सिजन दिएर बचाइयो । तर अहिले बचाउने केपी ओलीलाई नै घेराबन्दीमा राख्न खोजियो ।’ प्रचण्डले घेराबन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको नेता बस्नेतले बताए ।
कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए । ‘उनी जहाँ गए पनि ठग्ने काम मात्रै गरेका छन्,’ पौडेलले भने, ‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम गरेका छन् ।’ लिम्बुलाई लिम्बुबान, मधेशीलाई मधेश, थारुलाई थरुहट, नेवारलाई नेवा देखाउने प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको पौडेलको आरोप छ ।
याे पनि ओली–प्रचण्ड फुटेपछि चीन सक्रिय, अकस्मात विद्या भण्डारी भेट्न शितलनिवासमा राजदूत यान्छी काठमाडौं चीनसँग निकट रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि काठमाडौंमा चिनियाँ सक्रियता बढेको छ ।
मंगलबार राति नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी अकस्मात राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकी छन् । यान्छीले नेकपा फुट्न नहुने भन्दै यसअघि ओली र प्रचण्डलाई समेत भेटेकी छन् । केपी ओली र राष्ट्रपति भण्डारीले मिलेर संसद विघटन गरेपछि चीन असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेका बेला राजदूत यान्छी शितलनिवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आज मंगलबार ओली पक्षले केन्द्रीय कमिटी बैठक गरेर सदस्यहरू थपेको छ भने प्रचण्ड पक्षले ओलीलाई कारवाही गर्दै माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । नेकपाभित्र विकसित घटनाक्रमले चीन चिन्तित रहेका समाचार सार्वजनिक भइरहेका छन् ।
यस्तै ओली–प्रचण्ड फुटेपछि कांग्रेसमा प्रवेश गरिन् यी कम्युनिस्ट नेत्री काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेत्री शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
जिल्लाको जलजला गाउँपालिका–४ मा तत्कालीन माओवादीबाट वडा सदस्यमा उम्मेदवार बनेकी मल्ल मंगलवार औपचारिक रूपमै कांग्रेसमा प्रवेश गरेकी हुन् । मल्ललाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कांग्रेसमा स्वागत गरेका छन् ।
कांग्रेस प्रवेश गरेकी नेत्री शुभा मल्ल जलजला गाउँपालिकाकी समाजसेवी पनि हुन् । जलजला गाउँपालिका– ४ मा नेपाली कांग्रेसको वडा कार्यालयमा आयोजित नेपाल महिला संघ वडा समिति गठन कार्यक्रममा कांग्रेसमा मल्लले पार्टी प्रवेश गरेकी छन् ।
नेकपा छाडेर कांग्रेस प्रवेश गरेकी नेत्री शुभा मल्लले जनताले विश्वास गरेर कम्युनिस्टहरुलाई झण्डै दुईतिहाइ बहुमत दिए पनि कम्युनिस्टहरुले मुलुकमा गरी खान नसक्ने स्पष्ट पारिन् । नेत्री मल्लले देशभरका कम्युनिस्टहरूलाई नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्न अपिल समेत गरेकी छिन् ।
नेत्री मल्लले कम्युनिस्टका मीठा कुराहरुको भ्रममा नपर्न अनुरोध गर्दै कम्युनिस्टले काम नगर्ने र कुरा मात्रै गर्ने बताइन् ।कम्युनिस्टको हातबाट देश विकास नहुने देखेपछि कांग्रेसमा लागेर सेवा गर्न पार्टी प्रवेश गरेको उनले बताइन् ।

