निर्माण सम्पन्न भएका योजनाको भुक्तानी नपाउदा ब्यबसायिहरु मर्कामा छन – अध्यक्ष भुसाल

अर्घाखाँची – नेपाल निर्माण ब्यबसायि संघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसालले निर्माण ब्यबसायिहरुले ठेक्काको काम सम्पन्न गरेका योजनाहरुको महिनौसम्म पनि राज्यले भुक्तानि दिन नसक्दा निर्माण ब्यबसायिहरु मर्कामा परेको बताउनु भएको छ ।

नब निर्वाचित कार्यसमितिको पहिलो बैठकमा भनाइ राख्दै अध्यक्ष भुसालले नगरपालिका,गाउपालिकाहरुले बजेट बिना नै टेन्डर गराउने ठेक्का सम्झौता गराउने काम गराउने भुक्तानी दिने बेला बजेटको अभाव देखाउने गरेको कारण निर्माण ब्यबसायिहरु ठूलो मर्कामा पर्ने गरेको बताउदै अब त्यस्ता खालका गतिविधि तत्काल रोक्न र काम सम्पन्न भएका योजना हरुको भुक्तानी छिटोभन्दा छिटो दिनका लागि सरकार सग माग गर्नु भयो ।

भुसालले साना निर्माण ब्यबसायि हरुको हक अधिकारका लागि र ब्यबसायिहरुलाई माथि उठाउनका लागि आफुहरु सधैं लागि पर्ने बताउदै उहाले निर्माण ब्यबसायि राज्यका सारथि भएको तर राज्यले फरक देसको नागरिक लाई जस्तो ब्यबहार गर्ने गरेको गुनासो गर्नु भयो ।

बैठक अध्यक्ष बसन्त भुसालको अध्यक्षता महासचिव केसब रिजालको सन्चालन सहअध्यक्ष कबिराम खनालको स्वागत बाट सुरु भएको बैठकमा सहअध्यक्ष कबिराम खनाल उपाध्यक्ष खगिश्वर बस्याल उपाध्यक्ष काजि श्रेष्ठ उपाध्यक्षहरु बिजय केसि रामसिह खनाल महासचिव केसब रिजाल कोषाध्यक्ष कृष्णप्रसाद बस्याल सह कोषाध्यक्ष प्रदिप अधिकारी लगाएत कार्यसमितिका सदस्यहरुले निर्माण ब्यबसायिहरुले भोग्नु परेका समस्या नया गर्नुपर्ने कार्यदिशा का बारेमा भनाइ राख्नु भएको थियोे ।

बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय हरु सार्वजनिक गरेको छ । बैठकले नारायण प्रसाद बन्जाडेको सयोजक रहेको ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने अध्यक्ष सहित पदाधिकारीहरु रहेको सचिबालय समिति गठन गरेको छ भने सुर्य प्रसाद भुसाललाई प्रेस सल्लाहकार तोकेको बैठक पछि महासचिव केसब रिजालले जानकारी दिनु भयो

बैठकले निर्माण ब्यबसायि सघ अर्घाखाँची को भबनलाई स्तरउन्नति गरि ब्यबस्थित हल निर्माण गर्ने समेत निर्यण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय