रुद्रावति बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचनका सबै कार्यक्रम पुरा,नतिजा मिश्रित

विष्णुप्रसाद आचार्य,चकित- गुल्मीको मुसिकोट नगरपालिकाको एकमात्र क्याम्पस रुद्रावति बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचनका सबै काम सकिएका छ्न। ्फागुन १९ गतेबाट सुरु भएको स्ववियु निर्वाचनको प्रक्रिया बुधबारबाट सकिएको निर्वाचन अधिकृत हेमन्त घिमिरेले जानकारी दिनुभयो।

चैत्र ५ गते प्रत्यक्ष तर्फका पदहरुमा निर्वाचन भएर पदाधिकारीहरु चुनिएपनि समानुपातिक तर्फका पदहरुमा भने बुधबार निर्वाचन भएको क्याम्पस निमित्त प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो।

प्रत्यक्षतर्फ भएको निर्वाचनमा अनेरास्ववियु समुहबाट अनिश पाठक सभापति,अनुराधा सापकोटा कोषाध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी) का विवश छिनाल(दिप्सन) सचिव,सदस्यहरुमा चाहना घिमिरे,राहुल शाक्य,र शोभा राना प्रतिस्प्रधामा उत्रिएका थिए भने लोकतान्त्रिक प्रगतिशिल समुहबाट नेविसंघका भुवन काफ्ले सभापति,अखिल छैठौका कर्ण बहादुर सार्की सचिव, नेविसंघकी गीता गैरे कोषाध्यक्ष र सदस्यमा नेविसंघका जीवन दर्लामी, अखिल छैठौकी सुस्मा सलामी र रुनामाया सलामीबीच निर्वाचन भएको थियो।

जसमा नतिजा भने कुनै समुहले एकलौटी हात पार्न सकेनन,मिश्रित रुपमा देखापर्यो। प्रत्यक्षतर्फ सभापतिमा अनेरास्ववियुका अनिश पाठक निर्वाचित भए भने सचिवमा लोकतान्त्रिक प्रगतिशिल समुहबाट अखिल छैठौका कर्ण बहादुर सार्की निर्वाचित भए।

कोषाध्यक्षमा नेविसंघकि गीता गैरे र अनेरास्ववियुकी अनुराधा सापकोटाले समान ७६ अंक प्राप्त गरे जसमा चिठ्ठाद्वारा अनुराधा सापकोटाले जित हात पारिन सदस्यमा अनेरास्ववियुका राहुल शाक्य,शोभा राना र नेविसंघका जीवन दर्लामीले चुनावमा जीत सुनिश्चित गरे।

समानुपातिकतर्फ भने बुधबार दुवै समुहका उम्मेदवारबीच निर्वाचन भयो र उपसभापति र सहसचिवमा क्रमश अनेरास्ववियुका पदम बहादुर रायमाझी ९सन्देश० र नेत्रकलि राना निर्वाचित भए।लोकतान्त्रिक प्रगतिशिल समुहबाट उपसभापति र सहसचिवमा उम्मेदवार बनेका नेविसंघका महेन्द्र केसी र करिस्मा अर्यालले समान ४र४ अंक प्राप्त गरे।

यसरी क्याम्पसमा ११ सदस्यीय निर्वाचित समिति बनेको छ। समानुपातिक सदस्यमा लोकतान्त्रिक प्रगतिशील समुहले ७२ मतका साथ २ र अनेरास्ववियु समुहले ८३ मतका साथ ३ वटा सदस्य पाएका छन्।

स्ववियुमा अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू (समाजवादी ) को भने प्रतिनिधित्व हुन सकेन। समितिमा अनेरास्ववियुका ७, नेविसंघका ३,अखिल छैठौका १ गरि ११ जनाको स्ववियु समिति निर्माण भएको हो।

रुद्रावती वहुमुखी क्याम्पसमा निर्वाचनद्वारा चुनिएको यो पहिलो समिति संख्याका हिसाबले दोश्रो हो, यस अघि वि,स, २०६५ सालमा पहिलो स्ववियु चुनाव सर्वसम्मत नेविसंघका झविलाल भण्डारीले पाउनुभएको थियो।

२०७३ सालमा यस क्याम्पसमा विद्यार्थीहरुबीच विवाद उत्पन्न हुदा निर्वाचन हुन सकेको थिएन। निर्वाचित समितिलाई बिहिबार एक औपचारीक कार्यक्रम आयोजना गरि शपथ ग्रहण गराउदै शुभकामना,बधाई तथा प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय