जसले विद्यार्थीहरुका समस्या समाधानमा वकालत गरिरहे

गुल्मी । चैत्र ५ गते हुने स्ववीयु निर्वाचनको चहलपहल बढेको छ । विभिन्न क्याम्पसहरुमा सर्वसम्मत नेतृत्व चयन भईरहँदा कतिपय क्याम्पसहरुमा भने निर्वाचनको तैयारी भईरहेको छ ।

विभिन्न राजनैतिक दल सम्बद्ध भातृ संस्थाहरुले आआफ्नो तर्फबाट उम्मेदवारी घोषणा गरी रहेका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ स्थित रुद्रावती बुहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सघं, अखिल छैठौँको सयुंक्त प्यानल चुनावी मैदानमा होमिएको छ ।

उक्त प्यानलबाट नेपाल विद्यार्थी सघंका भुवन काफ्लेले सभापतिमा उम्मेदवार दिएका छन् । विद्यार्थीबीच लोकप्रिय र सरल एवम् शान्त स्वभावका भुवन विद्यार्थी राजनितिमा निकै सक्रिय छन् । विगतका वर्षहरुमा कोरोना सक्रंमणको सकंटकालिन अवस्थामा उनी विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने पक्षमा वकालत गर्दै हिँडेका थिए ।

उनकै पहलमा नगरपालिकामा ज्ञापन पत्र बुझाएर विद्यार्थीहरुलाई अबिलम्ब खोप उपलब्ध गराउन नेतृत्व गरेका भुवनले विद्यार्थीहरुका आम समस्यामा हातेमालो गर्दै आईरहेका छन् । उनी विद्यार्थीहरुलाई विभिन्न सरकारी तथा निजामति सेवाका अनलाईन फर्महरु समेत भरिदिने तथा विभिन्न क्याम्पसका प्रशाशनिक काममा सहजीकरण गर्दै आईरहेका छन् ।

भुवन काफ्ले सबै विद्यार्थीबीच परिचित नाम हो । विद्यार्थीहरुका आन्तरिक समस्याहरुसगं समेत उनी नजिक छन् । अनेकन अफ्ठ्यारोमा हलचल नहुने स्वभावका काफ्लेले विद्यार्थीहरुलाई छात्रवृत्ति दिलाउने तथा विभिन्न पक्षहरुमा क्याम्पस प्रशासनलाई खबरदारी गर्दै आईरहेका छन् ।

“राजनीति सेवा हो काफ्लेले भने-स्ववियु निर्वाचनबाट म सभापतिको उम्मेदवारमा विजयी भएपनि नभएपनि विद्यार्थीहरुका समस्यासगं सदैव म नजिकै नै छु । साथीहरुलाई विगतका विभिन्न समयमा मैले व्यक्तिगत रुपमा पुर्याएको सहयोगलाई एकपल्ट सम्झेर भएपनि भोट दिनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।”

काफ्लेले राजनैतिक आग्रह वा पूव्रागह राखेर भन्दा पनि भविष्यमा हुने विभिन्न समस्या समाधान र विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्नका लागि सदैव आफु प्रतिबद्ध रहेको भन्दै भोट दिने बेलामा एकपल्ट विचार गर्न आग्रह गरे ।

लोकतान्त्रिक प्रगतिशिल गठबन्धनको तर्फबाट सभापतिमा नेपाल विद्यार्थी सघंका भुवन काफ्ले सगैं सचिवमा अखिल छैठौँका कणर् बहादुर सार्की, कोषाध्यक्षमा नेपाल विद्यार्थी सघंकी गिता गैरे र सदस्यहरुमा नेपाल विद्यार्थी सघंका जीवन दर्लामी तथा अखिल छैठौँका सुष्मा सलामी र रुनमाया सलामीले उम्मेदवारी दिएका छन् ।

आफु सगैं आफ्नो प्यालनका सक्षम उम्मेदवारहरुलाई चैत्र ५ गते अमूल्य मत प्रदान गरी अत्यधिक मतले विजयी बनाईदिन समेत उनले आग्रह गरे ।

तत्कालिन समयमा रुद्रावती बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई कोरोना खोप उपलब्ध गराउन नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल विद्यार्थी सघं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय