रुद्रावति बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचनका लागि बिभिन्न पांच विद्यार्थी संगठन दर्ता

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा रहेको रुद्रावति बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि बिभिन्न ५ विद्यार्थी संगठनले दर्ता गराएका छन् ।

क्याम्पसमा गठित निर्वाचन समितिले आईतबार बिहान १० बजेसम्मलाई संगठन तथा समूह दर्ता गर्ने समय तोकेको थियो । निर्वचन समितिका अनुसार आइतबार बिहान १० बजेसम्म नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौ ) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले संगठन दर्ता गराएको निर्वाचन संयोजक हेमन्त घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै निवार्चन समितिले आजै मतदाता नामावली र निर्बाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फगुन २५ गते बिहान ८ बजेसम्म नामावली उपर दाबी विरोध, फागुन २५ गते बिहान १० बजे अन्तिम मतदाता नामावलि प्रकासन, फागुन २६ गते बिहान ८ बजे देखि उम्मेदवार मनोनयन दर्ता बितरण (प्रत्यक्ष र समानुपातिक दुबै तर्फ),फागुन २७ सांझ ५ बजेसम्म उम्मेदवार उपर दाबि विरोध, फागुन २८ गते सांझ ५ बजे सम्म उम्मेदवारको दाबि विरोध उपर छानबिन, फागुन २९ गते बिहान १० बजे सम्म उम्मेदवारी फिर्ता, फागुन २९ गते सांझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकासन र चैत ५ गते बिहान ८ बजे देखि दिउसो ४ बजेसम्म मतदान सञ्चालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय