स्ववियु निर्वाचनको लागि रुद्रावतिमा तिन विद्यार्थि संग दर्ता

गुुल्मी । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गुल्मीको मुसिकोट नगरपालिकाको रुद्रावति बहुमुखी क्याम्पसमा ३ विद्यार्थि संगठनले दर्ता गराएका छन ।

निर्वाचन कार्य तालिका अनुसार आज संगठन तथा समूह दर्ता गर्ने कार्यक्रम रहेको थियो ।क्याम्पस प्रशासनका अनुसार नेपाल विद्यार्थि संघ, अनेरास्ववियु विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीले दर्ता गराएका हुन ।

भोलि निवार्चन समिति र विद्यार्थि संघविचको छलफलपछि निवार्चनबारेको योजना तयार गरिने क्याम्पसले जनाएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया आजदेखि सुरु हुने भएको हो। निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले आज दिउँसो ३ बजेभित्र दर्ता गर्नु पर्ने भएको छ  ।

यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन हुने विश्वविद्यालयले जनाएको छ । नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दावी विरोध गर्न पाइने भएको छ ।

दावी विरोधमाथि छानविन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका समेत तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय