आज बसेको नेपाल कम्युनिष्ट पार्टीको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको छ ।
बबरमहलस्थित कार्की बैन्क्वेटमा मंगलबार बसेको नेकपा केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गर्दै नेपाललाई अध्यक्ष बनाएको हो ।

अब नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल दुबै अध्यक्ष रहनेछन ।बैठकमा वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्ष प्रस्ताव गरेका थिए ।
थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन