ज्ञानज्योतिको महायज्ञमा सापकोटा परिवारले गरे अहिलेसम्मकै धेरै ३० लाख चन्दा सहयोग

सागर भण्डारी,- गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोट पाँणथोक स्थित ज्ञानज्योति आधारभूत विद्यालयले स्वणर् महोत्सवको अवसरमा आयोजना गरेको श्रीमतभागवत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञमा अहिलेसम्मकै सबैभन्दा बढी धनराशि सहयोग भएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर स्तरवृद्धि गर्ने र माध्यमिक तह सञ्चालन गर्ने प्रमुख उद्धेश्य सहित सञ्चालित महायज्ञमा मुसिकोट ९ पाँणथोक निवासी बलिभद्र सापकोटा र खगीकला सापकोटाका ४ भाई छोराहरुले नगद ३० लाख २६ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

छोराहरु लिलाकान्त सापकोटा (बेल्जियम), रमाकान्त सापकोटा (लक्जमवर्ग), ज्ञानिश्वर सापकोटा (लक्जमवर्ग) र सोमनाथ सापकोटा (अमेरीका) तथा स-परिवारबाट उक्त रकम बराबरको सहयोग गर्ने घोषणा गर्नुभएको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले जानकारी दिनुभयो ।

उक्त सहयोग रकम हालसम्मकै सर्वाधिक धनराशी सहितको सहयोग रहेको उहाँले बताउनुभयो । प्रधानाध्यापक सापकोटाले सहयोगी परिवारप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

विद्यालयले राखेको उद्धेश्यबाट आफुहरु प्रभावित भएर र आफु जन्मेको ठाउँका बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाउन भन्ने अभिप्रायले उक्त सहयोग गरेको सहयोगी ज्ञानिश्वर सापकोटाले बताउनुभयो ।

लक्जम्वर्गबाट महायज्ञ सफल बनाउन आउनुभएका सापकोटाले आफुले विगतमा पनि आफ्नो जन्मभूमीमा आफ्नो परिवारबाट विभिन्न शैक्षिक संस्था, मठमन्दिर, मोटरबाटो मर्मत लगायतका अन्य थुप्रै कार्यमा सहयोग गर्दै आईरहेको बताउनुभयो ।

नेपाल लक्जमवर्ग लोककल्याणकारी संस्थाको संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँले आफ्नो संस्था मार्फत पनि देशका विभिन्न ठाउँमा राहत, पुर्नस्थापना, उपचार तथा दैविक प्रकोपमा परेका पीडितहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

जन्मभूमीप्रति केही गर्नुपर्छ भन्ने भावनाले आफुले संस्थाको स्थापना गरेको भन्दै उहाँले ढोरपाटन, ठुलोलुम्पेकका बाढी तथा पहिरो पीडितहरुलाई सहयोग, रुद्रवेणीमा रहेको वृद्धा आश्रम, दृष्टिविहिन बाबुरामलाई कोष स्थापना, गलेश्वर आश्रम म्याग्दीमा कम्बल वितरण, आर्थिक अभावमा उपचार नपाएका व्यक्तिहरुलाई उपचारमा सहयोग लगायतका कार्यहरु गर्दै आएको बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय