हाम्रा संस्कार र संस्कृतिलाई पर्यटनसंग जाेड्नु पर्छ : मन्त्री जुग्जाली

काैरव खत्री – बागलुङ । संस्कृति संरक्षण मञ्च गलकाेट नगरपालिका ८ कांडेबास बागलुङकाे २२औं बार्षिकोत्सव मंगलबार सम्पन्न भएकाे छ ।

“हाम्रो संस्कृति हाम्रो गाैरव” भन्ने मुल नारा सहित बार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री माननीय रेशम बहादुर जुग्जालीले हाम्रा संस्कार र संस्कृतिलाई पर्यटनसंग जाेड्नु पर्ने बताउनुभयो । साथै मन्त्री जुग्जालीले नेपालमा कला संस्कृतिलाई अर्थतन्त्रसग जाेड्नु पर्ने भन्दै पाेखरा आउने पर्यटकहरूलाई ढाेरपाटन र घुम्टे लगायतका ठाउँहरूमा ल्याउनु पर्नेमा जाेड दिनु भयाे ।

साथै साेही बार्षिकोत्सव अवसरमा गण्डकी प्रदेश सभा सदस्य जीत बहादुर शेरचनले संसारकाे भन्दा छुट्टै पहिचान हाम्रो देशमा अनेकौं माैलिकताहरू भएकाेले याे नै सबैभन्दा ठुलो सम्पत्ति भनेकाे संस्कार र संस्कृति,परम्परा भाषाभाषी र धर्म रहेकाे बताउनु भयाे ।

साथै प्रदेश सभा सदस्य शेरचनले यस क्षेत्रकाे समस्या आफ्नो समस्या भएकाे भन्दै आफुले सक्दाे सहयोग प्रतिबद्धता जनाउनु भएकाे थियाे । त्यस्तै अवसरमा गलकाेट नगरपालिका वडा न. २ का वडाअध्यक्ष हिम बहादुर भण्डारीले शुभकामना मन्तव्य राख्नु भएकाे थियोे ।

त्यस्तै बार्षिकोत्सव गत ५ फागुन देखि शुरू भएकाे वार्षिकोत्सव कार्यक्रममा खुल्ला पुरूष फुटबल प्रतियोगिता तर्फ न्यू स्पोर्ट्स गलकाेट नगरपालिका ११ बागलुङ समुह( ए )ले नगद रू.८० हजार र कप मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार हात पारेकाे छ । त्यस्तै संस्कृति संरक्षण मञ्च बागलुङ (ह्वाइट)ले नगद रू.५०हजार कप मेडल र प्रमाणपत्र सहित द्वितीय पुरस्कार हात पारेकाे छ ।

त्यस्तै खुल्ला पुरूष भलिबल प्रतियोगिता तर्फ रूस्दी युवा क्लव हरिचाैर बागलुङले नगद रू. ५० हजार कप मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार हात पारेकाे छ । त्यस्तै ट्रावल इनक्वारी काठमाडौले नगद रू.३० हजार कप मेडल र प्रमाणपत्र सहित द्वितीय पुरस्कार हात पारेकाे छ ।

साथै खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ द कल्चरल डान्स एकेडेमी काडेबास बागलुङ प्रथम,रूस्दी युवा क्लव सिमलबाेट बागलुङ द्वितीय र राेट्याक्ट क्लव अफ गलकाेटबागलुङ तृतीय भएकाे छ । डान्स प्रतियोगितामा विजेता समुहहरूलाई नगद र प्रमाणपत्रले सम्मान गरिएकाे थियो ।

कार्यक्रममा गलकाेट नगरपालिका वडा न.८ का वडा अध्यक्ष तेज प्रकाश सापकोटा,वडा न.३ का पुर्व वडाअध्यक्ष वीरजङ्ग भण्डारी, मञ्चका बरिस्ठ सल्लाहकार रेशम बुढाथोकी लगायत जनप्रतिनिधि,समाजसेवी,खेलाडी,कलाकार,पत्रकार,समाजसेवी लगायतकाे सहभागीता रहेको थियो ।

कार्यक्रममा चर्चित लाेक दाेहाेरी कलाकार रेशम निर्दोष,ईश्वर सिंह, बिमता घर्ती, मगर,रमिला बुढामगर लगायत स्थानीय कलाकारहरू विजाेड सास्कृतिक प्रस्तुती रहेकाे थियो ।

कार्यक्रम संस्कृति संरक्षण मञ्चका अध्यक्ष पदम सलामीकाे अध्यक्षता तथा मञ्चका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीकाे स्वागत मन्तव्यसगै शुरू भएकाे कार्यक्रमकाे सञ्चालन भने मञ्चका सचिव सुरेन्द्र छन्त्याल र मञ्चका सदस्य माेतिकला थापाले गर्नु भएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय