जिउँदो सालिक फाउन्डेसनद्वारा मृगौला पिडित हिरा रायमाझीलाई सहयोग हस्तान्तरण

गुल्मी: जिउँदो सालिक फाउन्डेसनले हिरा बचाउ अभियानमा सकंलित रकम हस्तान्तरण गरेको छ।

मृगौला सम्बन्धी रोगबाट लामो सयदेखि पीडित मुसिकोट नगरपालिका वडा नं ७ टोँड्के माईती गाउँभई मुसिकोट नगरपालिका वडा नं १ पौँदीअमराई बस्दै आउनुभएकी हिरा रायमाझीको उपचारका लागि फाउण्डेसनले विभिन्न दाताहरुसंग सकंलित रकम हस्तान्तरण गरेको हो।

हाल बुटवल स्थित बिरामी हिराको माइतिमा पुगेर वामी विश्व सम्पर्क मञ्च रुपन्देही शाखाका सचिव विष्णु प्रसाद काफ्लेको रोहवरमा सहयोगदाताहरुको प्रतिनिधित्व गर्दै अशोक देव परियारको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।

वामी विश्व सम्पर्क मञ्च सँगको सहकार्यमा जिउँदो सालिक फाउन्डेसनद्वारा सञ्चालित उक्त रकम हस्तान्तरण गरिएको बताईएको छ। साथै फाउण्डेसनले यो सहयोग अभियानमा जोडिई देश विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै यो पुण्य कर्ममा जोडिन सबै संग अनुरोध समेत गरेको छ।

त्यस्तै वामी विश्व सम्पर्क मञ्चले यस कर्ममा अहोरात्र खटेर कर्म गर्नुहुने अपाङ्ग अ‌धिकारकर्मी सालिक खत्री, यसैगरी चेक रिपब्लिकबाट बैकुन्ठ रायमाझीज्यू, अष्ट्रेलियाबाट जनक गौतम ज्यू र दक्षिण कोरियाबाट हेमनाथ खराललाई समेत धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय