मुसिकोट नगरपालिकाको आ.व २०७९/८० को अर्धवार्षिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिकाको आयोजना एवम् सामुदायिक रेडियो पुष्पाञ्जलीको सहजीकरणमा भएको कार्यक्रममा नगरपालिकाका सेवा प्रवाह, कार्यसम्पादनका विषयमा सहभागीहरुले विभिन्न जिज्ञासा, टिप्पणी र सुझावहरु राखेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधीको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले हालसम्म ६० लाख ७६ हजार राजश्व सकंलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाका अवधीमा उपभोक्ता समिति मार्फत २४९ योजना कार्यान्वयनको चरणमा रहेका छन् भने १८३ योजनाको सम्झौता भएको छ । त्यस्तै नगरपालिकाले हालसम्म ९९ वटा ऐन,कार्यविधि र निर्देशिका बनाएको छ । उहाँले नगरपालिकाले गरिरहेका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको समेत बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले कृषि उपज बिक्री सुनिश्चितता, पर्यटन विकास, दुव्र्यसनी नियन्त्रण, बजार अनुगमन, खानेपानी, स्वास्थ्य लगायतकासमस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोदै जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।

होटल व्यवसायी मञ्च मुसिकोटका सचिव विवेक काफ्लेले नगरपालिकाले खानेपानी आयोजना धमाधम निर्माण गरिरहनुभन्दा पनि त्यसको शुद्धता मापनमा ध्यान दिन र समय समयमा बजार अनुगमन कार्यलाई निरन्तरता दिन सुझाव दिनुभएको थियो । त्यस्तै पत्रकार दिपक नेपाली र स्थानीय मुम बहादुर सुचिकारले दलित, महिला, बालबालिका र अपागंता भएकाहरुको सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो ।

सालिमेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गनुपर्ने धारणा राख्नुभयो । त्यस्तै शिक्षक दधिराम शर्माले पछिल्लो समय युवाहरु दुव्र्यसनीमा फस्नेक्रम बढ्ेकाले यसको रोकथामका उपायहरु अबलम्बन गर्नुपर्ने बताउनुभयो ।

सहभागीहरुबाट उठेका प्रश्नको जवाफ दिँदै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले कृषकहरुको बजार सुनिश्चितताका लागि कृषि बजार प्रवद्र्धन ऐन निर्माण गरी निर्देशन समिति समेत बनाएर काम अगाडी बढाएको र केही दिनमै उक्त कार्यक्रम सुरु हुने जानकारी दिनुभयो । त्यस्तै उहाँले खानेपानी शुद्धिकरणका लागि प्लान्ट निर्माणको प्रक्रिया अगाडी बढेको, पर्यटन पूर्वाधारहरु बन्दै गरेको, सालिमे दहमा पोखरी निर्माण गर्ने, समाज कल्याण केन्द्र स्थापना गरी महिला, बालबालिका र अपागंता भएकाहरुलाई सामाजिक सुविधा उपलब्ध गराउने, फोहोर व्यवस्थापनका लागि ऐन ससोंधन गर्ने लगायतका कामहरु भईरहेको बताउनुभयो ।

उहाँले झेँदीको पुल निर्माणका लागि बारम्बार सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको भन्दै छिट्टै काम सुरु हुने समेत जानकारी गराउनुभएको थियो । त्यस्तै उहाँले नगरको समृद्धिका लागी प्रत्येक नागरिकले आफ्नो दायित्वलाई पनि आत्मसाथ गर्नुपर्ने र अधिकार खोज्दै गर्दा दायित्व पनि पुरा गर्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नगरउपप्रमुख गगां श्रेष्ठले फाल्गुण मसान्त पश्चात लगत्तै बजार अनुगन गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँगाउँमा पोके व्यापारीहरुको नियन्त्रण गर्नका लागि समेत आवश्यक पहलकदमी चालेको बताउनुभयो । त्यस्तै उहाँले सामाजिक सुरक्षाका विषयमा नगरपालिका गम्भीर रहेको भन्दै सुरक्षा निकायसगं आवश्यक सहजीकरण गरेर अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष एवम् सदस्यहरु, कार्यपालिका सदस्य, विषयसमितिका प्रमुखहरु, नगरपालिकाका कर्मचारी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार उपभोक्ता समिति लगायत सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो पुष्पाञ्जलीका समाचार प्रमुख सागर भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय