नेकपा को अध्यक्षबाट ओलीलाई हटाउने निर्णय

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।

यो पनि पाढनुहोस्
बागलुङ । मालपोत कार्यालय बुर्तिवाङमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । मालपोत अधिकृत सहित १२ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा ८ जना कर्मचारीले काम चलाउनुपर्ने बाध्यता रहेको छ ।

अनलाइन सिस्टम र हार्डकपि समेतमा काम गर्नुपर्ने तर दरवन्दि अनुसार कर्मचारी नहुँदा समस्या भएको मालपोत अधिकृत दिल बहादुर के.सि.ले बताए । नायव सुब्बामा ३ जनाको दरवन्दि रहेपनि सवै पद रिक्त रहेको छ । कम्प्युटर अपरेटरको दरवन्दि रहेपनि हालसम्म सो पद पनि रिक्त रहेको छ । हाल एक जना कार्यालय प्रमुखसहित ३ खरिदार, एक सह–लेखापाल र ३ कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।

अर्कोतर्फ भाडाको भवनमा सञ्चालन भएको मालपोत कार्यालयमा अपाङ्गता भएका सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालय निजि भवनको तेश्रो तथा चौथो तलामा रहेको छ । जसको कारण अपाङगता भएकाहरुलाई समस्या छ ।

मालपोत कार्यालयमा आर्थिक गतिविधि पारदर्शी नभएको भन्दै देशैभर बैंकिङ प्रणालीमा जाने भनेपनि बुर्तिवाङ मालपोत कार्यालयमा त्यो सम्भव भएको छैन ।

कर्मचारी तथा कार्यालय स्थानको समेत समस्या भएको कारण बैंकमा लगेर काउन्टर बनाउँदा जनतालाई सास्ती हुने, निजि घरमा बैंकको काउण्टर नआउने भएकोले थप समस्या भएको अधिकृत केसीको भनाई छ ।

उनले भने, “जनतालाई दुःख नहोस् भनेर विहान ९ वजेदेखि साँझ ५ बजेसम्म काम गरिरहेका छौं, मुद्धा, निवेदन, सुचनाको काम त विहान वेलुका गरेर सक्छौं ।” दैनिक २०/२५ जना बढि सेवाग्राहीले कार्यालयबाट सेवा लिँदै आएका छन् ।

जग्गा रजिष्ट्रेशन पास गर्न बडिगाड गाउँपालिका-२ बाट बुर्तिवाङ पुगेकी रुनमाया छन्त्यालले भनिन्, “१० बजे अगाडि नै कार्यालय आएकी थिएँ तर हिँजोकै ५ जना रहेछन्, आज काम सकिएन, फेरी भोली आउनुपर्ने भो ।”

कर्मचारी अभावकै कारण समस्या भएको भन्दै मालपोत अधिकृत केसिले भूमि व्यवस्था तथा अभिलेख विभागसंग समन्वय गरेर कर्मचारी पठाउने कुरा भएको तर कर्मचारी नआइसकेकोले समस्या भएको बताए ।

बागलुङ पश्चिमका ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानियले मालपोत कार्यालय बुर्तिवाङबाट सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय