हात्तीपाइले रोग विरुद्धको औषधी खाने अभियान लाई यस वर्ष अन्तिम बनाउन बडिगाडमा अभियान तिब्र,

अनिष पाठक, बागलुङ – जिल्लामा यहि फागुन ११ बाट शुरु हुन लागेको हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन बडिगाड गाँउपालिकाले अभियानलाई तिब्र पारेको छ ।

अभियानलाई प्रभावकारी र लक्षित वर्गलाई अभियानमा सहभागि बनाउन स्वास्थ्य शाखा खटेर लागेको अभियानका संयोजक तथा पालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले बताए ।

अभियान अन्र्तगत बडिगाड गाँउपालिकाको वडा नं. २ को आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङ, वडा नं. ९ को दर्लिङ स्वास्थ्य चौकि, वडा न ६ खालको बुद्ध मावि, वडा नं. ४ को जलजला स्वास्थ्य चौकीमा कार्यक्रम सम्पन्न भएको संयोजक केसीले जानकारी दिए ।

सो अबसरमा समुदायद्धारा संचालित सामुदायिक स्वास्थ्य स्वयमसेविका, तथा विद्यार्थिहरुलाई अभिमुखिकरण गरिएको उनले बताए । अभिमखिकरण कार्यक््रममा पालिकाका स्वास्थ्य शाखाका कर्मचारी र फियरमेड बागलुङका कर्मचारी चित्र अर्गेजा ले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय