ज्ञानज्योति आधारभुत विद्यालयले आज पत्रकार सम्मेलन तथा वृहत भेला आयोजना गर्दै

ज्ञानज्योति आधारभुत विद्यालय मुसिकोट ९ अर्लाङ्गकोट पाणथोकले आज दिउसो विद्यालयमा पत्रकार सम्मेलन तथा वृतत भेला गर्ने भएको छ ।

व्यवस्थापन र प्रचारप्रसारमा निरन्तर लागि परेको विद्यालयले अहिलेसम्म भएको प्रगति, समिक्षा, योजना र सहयोगको अपेक्षासहित थप प्रचारप्रसारसङ्गै आम समुदायलाइ उपस्थितिको लागि आव्हान गर्न भन्दै सम्मेलन तथा भेला गर्न लागिएको सचिवालय सदस्य रामकृष्ण कण्डेलले जानकारी दिनुभयो ।

आउदो फागुन ९ गतेदेखि १६ गतेसम्म सन्चालन हुन गैरहेको महोत्सवको पुर्व तयारी स्वरुप आन्तरिक व्यवस्थापकीय तयारीसङ्गै प्रचारप्रसार र भेटघाट तिब्र पारिएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्तिसापकोटाले बताउनुभयो ।

प्रचारप्रसारकै क्रममा अहिलेसम्म गुल्मीका विभिन्न स्थानिय तह, जिल्ला सदरमुकामस्थित उच्च अहोदाका व्याक्तित्वहरुसङ्ग पनि महोत्सवको लागि सहयोगको अपेक्षा गर्दै उपस्थितिको लागि आग्रह गरिएको छ ।

त्यस्तै बाग्लुङ्ग जिल्लाका स्थानिय तह प्रमुख उपप्रमुख, विभिन्न विद्यालय , सङ्घसस्थाहरुसङ्ग पनि भेटघाट गरिएको बताइएको छ ।

गुल्मी र बाग्लुङ्गसङ्गै बुटवल, चितवन काठमाण्डौ लगायत विदेशका धेरै ठाउहरुमा पनि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचार तथा रकम सन्कलन गरिएको बुझिएको छ ।

विद्यालयमा हालसम्म एक करोड रकम सन्कलन भैसकेको र रकम सन्कलन हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ ।

स्थानिय स्तरमा ग्राणिण भेगमा सन्चालन भैरहेको यस विद्यालयले गर्न लागेको यो कार्यक्रम आफैमा चुनौतिपुर्ण रहेको र ऐतिहासिक रुपमा महोत्सव सफल हुने प्रधानाध्यापक सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय