संगीता नेपालीकाे उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण

कौरव खत्री – गुल्मी । गुल्मी मुसिकाेट नगरपालिका-१ मुरालीपानी निवासी संगीता नेपालीको उपचारार्थकाे लागि देश तथा विदेशबाट संकलन गरिएकाे नगद सहयोग हस्तान्तरण गरिएकाे छ ।

भगवती आधारभूत विद्यालयकाे ४० औ वाषिर्कोत्सव तथा अभिभावक दिवसका अवसरमा संकलित रकम मुसिकाेट नगरपालिका १ वडाअध्यक्ष माेहन घिमिरे,वडा सदस्य दान बहादुर केसी,वडा सदस्य कुसुम परियार, नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, काेषाध्यक्ष काैरव खत्री, सामुदायिक रेडियो छत्रभुमीका स्टेशन म्यानेजर माधव खरेल, सहायक स्टेशन म्यानेजर सुरज कार्की,युवा समाजसेवी प्रकाश श्रेष्ठ लगायतकाे उपस्थितिमा बिरामी नेपालीकाे आमा गाेमा नेपालीलाई रकम हस्तान्तरण गरिएको भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीले जानकारी दिनुभयो ।

साथै हात,खुट्टा र कम्मरमा गहिरो चाेटका कारण पिडित बनेकी नेपालीकाे उपचारका लागि सहयोग अभियान मार्फत सामुदायिक रेडियो छत्रभुमीकाे पहलमा नगद रू.३६ हजार,५ सय रूपैयाँ ,नेपाल पत्रकार महासंघ गुल्मीका काेषाध्यक्ष काैरव खत्रीकाे पहलमा नगद रू.८ हजार, १ सय रूपैयाँ गरि कुल जम्मा रू.४४ हजार,६ सय रूपैया नगद सहयोग रकम विरामीका आमा गाेमा नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

गत पाैष २३ गते बाङ्गिकाे भिरबाट घाँस काट्दा भिरबाट लडेर हात खुट्टा र कम्मरमा गम्भीर चोट लागेपछि नेपालीकाे स्वास्थ्य उपचारमा समस्या भएकाे थियोे ।

साथै घरकाे आर्थिक अवस्था निकै कमजोर भएकाे नेपाली भगवती आधारभूत विद्यालयकाे कक्षा ५ मा अध्ययनरत छात्रा विद्यार्थी नेपालीकाे स्वास्थ्य उपचारकाे लागि विद्यालयले उपचारमा आर्थिक सहयाेगकाे पहल गरिदिन आग्रह गरेपछि सहयोग अभियानबाट उक्त सहयोग रकम जुटेको भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक नेपालीले जानकारी दिनुभयो ।

साथै हाल भने बिरामी नेपालीकाे गुल्मी अस्पताल तम्घास गुल्मीमा उपचार भैईरहेकाे विद्यालयका प्रधानाध्यापक नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय